आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संघीयता कार्यान्वयनमा मिडियाको भूमिका ठूलो छ : प्रदेश प्रमुख यादव

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ७, २०७६



  • बुटवल । प्रदेश ५ का प्रमुख धर्मनाथ यादवले संघीयता कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । यादवले संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन गर्दै सबैलाई संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा जोड दिए ।

    ५९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति प्रदेश नम्बर ५ ले आज बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यादवले यस्तो बताएका हुन् ।

    राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिका लागी सन्चारले भूमिका खेल्नुपर्ने भन्दै उनले सूचना र सञ्चार प्रवाहमा समयानुकूल परिवर्तनको जरुरी रहेको समेत बताए । कार्यक्रममा राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले समाचारको सत्यता र तथ्यता आजको आवश्यक्ता भएको बताए । उनले संघीयता कायन्वयनमा राससको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै हरेक स्थानीय तहमा राससका प्रतिनिधि जरुरी रहेको बताए ।

    मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले मिडिया जनताको पक्षमा हुनुपर्ने बताए । मानवअधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवनकुमार भट्टले मानवीय जीवन शैली र मानवअधिकारको विषयमा मिडियाको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

    कार्यक्रममा रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सी., सैनामैना नगरका उपप्रमुख बिना रानामगरले लगायतले स्थानीय सरकार र मिडियाबीचको सहकार्य अझै प्रभावकारी हुनुपर्नेमा जोड दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij