प्रकाशित मिति : बिहिबार, फाल्गुन ८, २०७६
काठमाडौँ । नेपाली काँग्रेसले सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पदबाट बर्खास्त गर्न माग गरेको छ ।
उसले बिहीबारको संसद बैठकमा यसबारे काँग्रेसले जोडतोडले प्रश्न उठाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टको मुख हेर्दिन भन्दै आएको स्मरण गर्दै अब अडियो हेरेर कारबाही गर्नुपर्ने बताए ।
‘प्रमले भ्रष्टको मुख हेर्दिन भन्नु भएको थियो । मुख हेर्दै नहेर्नुहोस्, अडियो सुन्नुभयो होला अडियोको आधारमा कारबाही गर्नुहोस्’, शर्माले भने ।
<iframe src=”https://www.facebook.com/plugins/video.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fratopati%2Fvideos%2F291355771834591%2F&show_text=0&width=560″ width=”100%” height=”515″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowTransparency=”true” allowFullScreen=”true”></iframe>
उनले बाँस्कोटाको राजीनामा नआए काँग्रेसले कडा कदम चाल्ने पनि चेतावनी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij