आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काभ्रेमा ३ वर्षपछि कानूनी शिक्षा अभियान

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १४, २०७६



  • काभ्रे । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई करिब तीन वर्षपछि नेपाल बार एशोसिएशन काभ्रेपलाञ्चोक एकाइले ‘कानुनी शिक्षा’ अभियान थालेको छ । एकाइले यो सातादेखि तेमाल गाउँपालिकाबाट कानूनी शिक्षा अभियान थालेको हो ।

    जिल्लाका सबै स्थानीय तहमा समन्वय गर्दै संहिता–२०७४ तथा स्थानीय तहमा बनेका कानूनका विषयमा वडास्तरका जनप्रतिनिधि एवं स्थानीयलाई जानकारी गराइने एकाइ सचिव मदुसुदन वाग्लेले बताए । ‘अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र स्थानीय बासिन्दालाई आफ्ना कानूनबारे जानकारी नहुँदा अभियान नै थाल्नुपर्ने आवश्यकता देखियो’, उनले भने । उनका अनुसार अभियानको पहिलो चरणमा बारका प्रतिनिधि र जनप्रतिनिधिको संयुक्त बैठक राखी कानूनी साक्षात्कार गरिने तथा पृष्ठपोषण दिइनेछ ।

    स्थानीय तहका जनप्रतिनिधि (न्यायिक समितिका पदाधिकारीसहित)सँग साक्षात्कारपछि वडास्तरमा कानूनी शिक्षाको योजना बनाइनेछ । स्थानीय तह पनि आफ्नै कानून निर्माण गरिरहेको सन्दर्भमा स्थानीयवासीलाई समेत कानूनी सचेतना गराउनुपर्ने भएकाले बारको समन्वयमा कानूनी शिक्षा कार्यक्रमको योजना बनाइएको गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले बताइन् । उनले भने, ‘अब स्थानीय बासिन्दालाई नयाँ संहिता र पालिकाको कानूनबारे जानकारी दिनु अत्यावश्यक भइसक्यो ।’

    उपाध्यक्ष तामाङले गाउँपालिकामा अवस्थित विद्यालयमा पनि संहिता र स्थानीय तहको कानूनबारे शिक्षा दिनुपर्ने बताएका छन् । ‘कानूनी शिक्षा विद्यार्थीको प्राथमिकतामा राख्दा बहुउपयोगी देखिन्छ, विद्यार्थीले आफ्नो परिवारका सदस्यलाई कानूनबारे सचेत गराउँछन्’, उनले भने । उनका अनुसार तेमालमा ६१ मेलमिलापकर्ता र तीन न्यायिक समितिका पदाधिकारीले न्याय सम्पादन गर्दै आएका छन् ।

    एकाइसँग समन्वय गरी सम्पूर्ण जनप्रतिनिधि तथा बासिन्दालाई न्यायिक शिक्षा प्रदान गर्न आफू तयार रहेको गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले बताए । उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४ बारे पनि स्थानीयवासीलाई जानकारी गराउँदा न्याय सम्पादनमा सजिलो हुन्छ, कानूनसँगै सरकार सञ्चालनबारे जानकारी अत्यावश्यक देखियो ।’ गाउँसभामार्फत हालसम्म सात ऐन, नियम र कार्यविधि तयार गरिएको उनले बताए । ‘थप कानून बनाउन बारसँग समन्वय गर्दै जानेछौँ’, उनले भने ।

    मेलमिलापकर्ता र न्यायिक समितिका पदाधिकारीले स्थानीयस्तरमा कानूनी सेचतना गर्न नभ्याइरहेको अवस्थामा ढिलोगरी भए पनि ‘कानूनी शिक्षा’ अभियान थालिएको वाग्लेले बताए । ‘तेमालबाट अभियान शुरु ग¥यौँ, क्रमैसँग अन्य पालिकासँग समन्वय गर्दै जानेछौँ’, उनले भने । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij