प्रकाशित मिति : सोमवार, चैत्र १०, २०७६
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उच्चस्तरीय समन्वय समितिले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै मङ्लवार बिहानबाट लागु हुने गरी देशभरि ‘लकडाउन’ गर्ने निर्णय गरेको छ।
‘लकडाउन’ मङ्लवार बिहान ६ बजेबाट शुरू भई चैत १८ गते बिहान ६ बजेसम्म कायम रहने उपप्रधानमन्त्री पोखरेलले जानकारी दिएका छन्।
त्यसको अवज्ञा गर्नेहरूलाई कारबाही गरिने उपप्रधानमन्त्री पोखरेलले नेपाल टेलिभिजनमार्फत् जानकारी दिए।
उक्त अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् भने सर्वसाधरणलाई घर बाहिर निस्कन रोक लगाइनेछ।
इन्धन लगायत अत्यावश्यक क्षेत्रका उद्योगबाहेक सबै बन्द गरिने उपप्रधानमन्त्री पोखरेलले बताए।
‘लकडाउन’ को समयमा कालाबजारी गर्नेलाई कारबाही गरिने र औषधि लगायतका सामग्री जफत गरी वितरण गरिने अधिकारीहरूले जनाएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij