आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना विरुद्धको अभियानमा रतन टाटाको ५ सय करोड सहयोग

  • प्रकाशित मिति : शनिबार, चैत्र १५, २०७६



  • एजेन्सी । कारोना भाइरसको महामारीविरुद्ध लड्न भारतीय कम्पनी टाटा ट्रस्टले त्यहाँको सरकारलाई ५ करोड सहयोग गर्ने भएको छ । टाटा कम्पनीका अध्यक्ष रतन टाटाले कोभिड–१९ को विरुद्ध संघर्ष गरिरहेको भारतलाई ५ सय करोड सहयोग उपलव्ध गराउने आश्वासन दिएका हुन् ।

    अध्यक्ष रतन टाटाको नाममा जारि गरिएको टाटा कम्नीको विज्ञप्तिमा भनिएको छ, ‘भारत र विश्वको वर्तमान अवस्था चिन्ताजनक छ र कोभिड १९ को विरुद्ध लड्न तत्काल आपतकालीन सहयोग आवश्यक छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘टाटा ट्रस्टले सबै समुदायलाई सशक्त रुपमा संरक्षण गर्ने आफ्नो प्रतिज्ञा दोहोर्याएको छ र यो महामारी विरुद्ध लड्न ५ सय करोड उपलव्ध गराउने प्रतिज्ञा गरेको छ ।’

    यो ५ सय करोड रुपैयाँ कोरोना महामारीमा अग्रस्थानमा खट्ने स्वास्थ्यकर्मीहरु, चिकित्सक, मेडिकल सामाग्रीहरु, श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित सामाग्री, टेस्ट किट आदिमा खर्च हुने जनाइएको भन्दै बीबीसीले समाचार लेखेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij