आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लोमसले ल्यायो डब्लुएचओ मान्यताप्राप्त ह्याण्ड स्यानिटाइजर, मूल्य १५०

  • प्रकाशित मिति : बुधबार, चैत्र २६, २०७६



  • काठमाडौं। लोमस फार्मास्युटिकल कम्पनीले आफैं ह्याण्ड स्यानिटाईजरको उत्पादन सुरु गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले आगामी बैशाख ३ गतेसम्म लकडाउन कायम गरेको छ।

    बजारमा ह्याण्ड स्यानिटाईजरको अभावका खबरहरु आइरहेको बेलामा लोमसले आफ्नो उत्पादन सुरु गरेर खुशीको सन्देश प्रवाह गरेको छ । उसले ह्याण्ड एक्स -(HAND X) नामक स्यानिटाईजर बजारमा ल्याएको छ। आफूहरुले दैनिक दश हजार बोटल उत्पादन गरिरहेको प्रनव जंग पाण्डेले जानकारी दिए।

    उनले भने, ”संकटको बेलामा अहिलेको परिस्थितिलाई मध्येनजर गरेर हामीले गुणस्तरीय स्यानिटाईजर बजारमा ल्याएका हौं। किनकी यो संकटको बेलामा पनि बजारमा कम गुणस्तरका स्यानिटाइजर कालोबजारी भैरहेको देखेर हामीले यो काम सुरु गरेका हौं।”

    पाण्डेले आफूहरुले उत्पादन गरेको स्यानिटाइजर अन्तर्राष्टिय स्तरको भएको र विश्व स्वास्थ्य संगठनले समेत मान्यता प्रदान गरिसकेको जानकारी दिए। बजारमा एक सय एम.एलको एक सय ५० रुपैयाँ मूल्य पर्नेसमेत उनले स्पष्ट पारे। उनले भने, ”हाम्रो यो उत्पादनमा नेपाल सरकारका सबै सम्बन्धित निकायबाट अनुमतिसमेत प्राप्त भैसकेको छ। उद्योगमा अहिले हाम्रा कर्मचारीहरुले उच्च सतर्कता अपनाउँदै अहोरात्र काम गरिरहनुभएको छ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij