प्रकाशित मिति : शुक्रबार, बैशाख २६, २०७७
मधुकर पाण्डे, काठमाडौं । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले स्वास्थय मन्त्री भानुभक्त ढकालको राजिनामाको पक्षमा जनमत बढीरहेकोले प्रधानमन्त्री स्वयंले बर्खास्त गरि सेफल्याण्डिङ्ग नगरे नागरिक सडक आन्दोलनमा ओर्लने चेतावनी दिएका छन् ।
स्वास्थ्य सामग्री खरिद भ्रष्टाचार प्रकरणदेखि नै सरकार प्रति आक्रमक देखिएका युवानेता भण्डारीले यस अघि लक डाउन तोडदै संसद भवन मै आन्दोलन गर्दै र राहत समेत बाँडेका थिए ।
उनले सामाजिक सन्जाल मै स्वास्थय मन्त्रीको अस्वास्थय हर्कत भनेर फोटो राख्दै जनमत सर्वे समेत गरेका थिए । नेबिसंघ पुर्ब कावा केन्द्रीय अध्यक्ष समेत रहेका नेता भण्डारी प्रश्न गर्छन् -के संघिय सरकारको कानुन मन्त्री भएर अहिले स्वास्थ्यमन्त्री जस्तो गरिमामय पदमा बसेको ब्यक्तीले कोरोना संकटमा दातृ निकायको बिदेशी महिलालाई हिन्दु सस्कार अनुसार नमस्कार ! गर्नुको सट्टामा नजिकिन मिल्छ र ? अझ मन्त्रालयको कर्मचारीको फोटो आउला भनेर आफै झै गरि ब्यानर समातेर अरु कर्मचारीलाई हटाएर फोटो खिच्दै सस्तो लोकप्रियताको फोटो सेशन मिडिया बाड्नु लाजमर्दो काम होइन र? के स्वास्थय मन्त्रीले सामाजिक दुरि नराखेर यस्तो पुर्ब निर्धारित र ब्यवस्थित मिटिङ्ग गर्न मिल्छ र ? अनि मन्त्रीले पन्जाको प्रयोग बिना हात मिलाउने घटनाले जनमानसमा कस्तो सन्देश जान्छ ? सरकारले नागरिकलाई सामाजिक दुरिको आव्हान गर्दै करोडौंको बिज्ञापन गर्ने तर आफै बिश्व स्वास्थय संगठनको निर्देशन र मापदण्डको उल्लंघन गर्ने हो भने कसरी महामारी नियन्त्रण हुन्छ ।
नेता भण्डारीले प्रधानमन्त्री र नागरिक लाई स्वास्थयमन्त्री ढकालको दुस्साहसलाई बिद्वता भए हामीले पनि सिक्नुपर्यो तर गल्ती र मुर्खता हो भने कर्वाही सहित बर्खास्त गर्न माग गर्द्छन । नेता भण्डारीले स्वास्थ्य सामान खरिद भ्रष्टाचार देखि दर्जनौं काण्डमा परेको स्वास्थ्य मन्त्रीलाई बर्खास्त नगरे नागरिकले देशब्यापी लक डाउन तोडदै, सेनेटाईजर बोकेर अनि मास्क लगाएर आन्दोलनमा उत्रिने प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij