प्रकाशित मिति : आइतवार, असार २८, २०७७
काठमाडौँ । आज असार २८ गते (१२ जुलाई, आइतबार) अमेरिकी डलर, युएइ दिराम तथा मलेसियन रिँगिटको विनिमयदर बढेको छ । अन्य देशको भाउ भने घटेको छ।
आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६३ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५४ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ २१ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ १३ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १३ रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३८९ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ७८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ २९ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ८८ पैसा रहेको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij