प्रकाशित मिति : शुक्रबार, साउन २, २०७७
काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ भने यूरोको भाउ घटेको छ। विहीबार १ सय १९ रुपैयाा ९४ पैसामा कारोबार भएको अमेरिकी डलर शुक्रबार भने १ सय २० रुपैयाँ ०१ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी डलर १ को खरिददर १२० रुपैँया ०१ पैसा तथा विक्रिदर १२० रुपैयाँ ६१ पैसा रहेको छ। यस्तै यूरोपियन यूरो १को खरिददर १३६ रुपैयाँ ७४ पैसा तथा विक्रिदर १३७ रुपैयाँ ४३ पैसा रहेको छ। विहीबार १ सय ३७ रूपैयाँ १२ पैसामा काराेवार भएकाे यूराे शुक्रबार घटेर १३६ रूपैयाँ ७४ पैसामा काराेबार भएकाे हाे ।
यस्तै, यूके पाउण्ड स्ट्रलिङ १ को खरिददर १५० रुपैयाँ ४६ पैसा तथा विक्रिदर १५१ रुपैयाँ २१ पैसा रहेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८३ रुपैयाँ ७१ पैसा र विक्रिदर ८४ रुपैँया १३ पैसा रहेको छ।
खाडिमुलुकहरुमा कुवेती दिनार १ को खरिददर ३९० रुपैयाँ १४ पैसा, विक्रिदर ३९२ रुपैँया ०९ पैसा रहेको छ। यू्एई दिराम १ को खरिददर ३२ रुपैयाँ ६७ पैसा, विक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै, साउदी रियाल १ को खरिददर ३२ रुपैयाँ, विक्रिदर ३२ रुपैया १६ पैसा रहेको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij