आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली बजारमा सुनको मूल्य एक वर्षको अवधिमै साढे ३४ हजारले वृद्धि

  • प्रकाशित मिति : बिहिबार, साउन ८, २०७७



  • काठमाडौं, साउन ८ । कोरोना संक्रमण र चीन र अमेरिकाबीचको द्वन्द्वको असर नेपाली सुन–चाँदी बजारमा समेत देखिँदै आएको छ । स्थानीय बजारमा सुनको मूल्य एक वर्षको अवधिमै ३४ हजार ५०० रुपैयाँले बढेको छ ।

    जसकाकारण बजारमा सुन खरिद गर्नेभन्दा बिक्री गर्ने ग्राहक बढी आएको व्यवसायी बताउँछन् ।

    अन्तर्राष्ट्रिय द्वन्द्वका कारण मूल्यवृद्धिको गति रोकिन अझै केही समय लाग्ने व्यवसायीहरुको आँकलन छ ।

    कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र प्रभावित हुँदा र अन्तर्राष्ट्रियस्तरमा चीन र अमेरिकाबीचको दबाबका कारण पनि सुनको मूल्य निरन्तरजसो उच्च दरले उकालो लाग्दै गएको छ ।

    बिहीबार स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० मा कारोबार भयो ।

    एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ३४ हजार ५०० ले बढेको हो । अघिल्लो वर्षको साउन ८ गते सुन प्रतितोला ६० हजारमा कारोबार भएको थियो ।

    विगत एक वर्षकै अवधिमा चाँदीको मूल्य पनि प्रतितोला ४०० रुपैयाँले बढेको छ । अघिल्लो वर्षको यसै अवधिमा चाँदी प्रतितोला ७३५ मा कारोबार भइरहेको थियो । अहिले तोलाकै ११ सय ४५ मा कारोबार भइरहेको छ ।

    विश्व बजारको अवस्था र कोरोनाकै कारण पनि सुनको मूल्य अझै बढ्नसक्ने प्रक्षेपणसमेत गरिएको छ ।

    अमेरिका र चीनबीच भएको द्वन्द्वका कारण पनि सुनको मूल्य बढिरहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष्य तेजरत्न शाक्य बताउनुहुन्छ ।

    ‘लकडाउन’का कारण मानिसको आवत–जावत कम हुनु, अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व सिर्जना हुनु आदिले लगानीकर्ता सुनप्रति आकर्षित हुँदा पनि बजारमा मूल्य बढेको शाक्यको भनाइ छ ।

    कोरोना संक्रमणको त्रासले उपभोक्ता बजार पुग्न नसक्दा र मूल्य आकासिँदा कारोबार भने प्रत्यक्ष प्रभावित भएको छ । प्रायःजसो सुनचाँदी पसल अहिले खाली देखिएका छन् ।

    लकडाउन सुरु भएपछि बजार जेठ २५ मा खुल्दा सुनको मुल्य १० हजारले बढेको थियो । त्यसपछि बजारमा सुन किन्न आउनेभन्दा बिक्री गर्न आउने ग्राहकको संख्या बढेको व्यापारीहरु बताउँछन् ।

    मूल्य बढेकै कारण सुन बिक्री हुने समयमा समेत कारोबार न्यून रहेको उनीहरुको भनाइ छ ।

    यो समयमा सुनको मूल्यवृद्धि हुँदा बैंकमा भएको सुनसमेत प्रयोगमा आउन नसकी थुप्रिएर बसेको र उपभोगसमेत घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij