आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक वर्षमा सुनको मूल्य तोलामा ३८ हजार रुपैयाँले बढ्यो

  • प्रकाशित मिति : शनिबार, साउन १७, २०७७



  • काठमाडौं, साउन १७ । कोभिड–१९ तथा अन्तर्राष्ट्रिय द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागिरहँदा त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको छ ।

    पछिल्ला केही दिनयता सुनको मूल्यले दैनिक उचाइको नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार एक वर्षको अवधिमै सुनको मूल्य तोलामै ३८ हजार ४०० ले बढेको हो ।

    शनिबारसम्म सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    गत वर्ष साउन १७ गते सुन प्रतितोला ६० हजार ६०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार पछिल्लो एक हप्तामै छापावाल सुनको मूल्य तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको छ । यसै अवधिमा चाँदीको मूल्य पनि उकालो लागिरहेको छ ।

    महासंघकाअनुसार चाँदी एक वर्षको अवधिमा प्रतितोलामा ४७० रुपैयाँले बढेको छ ।

    अघिल्लो वर्ष साउन १७ गते चाँदी ७३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यस वर्ष साउन १३ गते चाँदीको मूल्य सबैभन्दा उच्च कायम भएको थियो ।

    चाँदी १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस वर्ष कोभिड–१९ का कारण कामदारहरु समयमै काममा फर्कन नसक्नु, चीन र अमेरिकाबीचको द्वन्द्वका कारण लगानीकर्ता सुनतर्फ आकर्षित हुनु तथा नेपाल सरकारले सुन आयातमा गरेको भन्सार कर वृद्धिले पनि नेपालमा सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायीले महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij