आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपा विवाद : चिसिँदै ओली–दाहाल सम्बन्ध

  • प्रकाशित मिति : शुक्रबार, साउन २३, २०७७



  • काठमाडौं। प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि सुरु भएको नेकपाभित्रको विवादले अध्यक्षद्ववबीचको दूरी झन बढेको छ। अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लक्षित गरी अभिव्यक्ति दिएपछि दुई अध्यक्षबीचको दूरी झनै बढेको हो।

    असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि सुरु भएको विवाद अझै साम्य भएको छैन। योबीचमा दुई अध्यक्षबीच दर्जनौं पटक एक्ला एक्लै र सामुहिक छलफल भएपनि निष्कर्ष निस्किन सकेको छैन।

    पछिल्लो समयमा दाहालले प्रधानमन्त्री ओलीले पार्टी विमाजन गर्न लागेको र त्यसैको कडी स्वरुप निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको दल गर्दा गराएको आरोप लगाउँदै आफूहरु सधैं पार्टी जोगाउन लागिपरेको दाबी गर्दै आएका छन्।

    बुधबार राजधानीमा आफू निकट केही पत्रकारलाई बोलाएर दाहाल पक्षीय नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी विभाजन नगर्ने उद्देश्यले नै एमाले दल दर्ता गराएको दाबी गरेका थिए।

    सचिवालयमा स्पष्ट बहुमतमा रहेका प्रधानमन्त्री ओली संसदीय दलमा पनि बलियो अवस्थामा रहेपछि दाहाल समूह दबावमा परेको छ।

    अध्यक्ष दाहालसहित, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीमाथि विभिन्न अरोप लगाउँदै आएका छन्। जसको प्रधानमन्त्री निकट मानिने नेताले विरोध गरेका छन्।

    नेकपा प्रचार विभाग उपप्रमुखसमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर दश वर्ष अघि भएको धोवीघाट गबन्धनको स्मरणसमेत गराएका थिए।

    विवाद बढ्दै जाँदा दुवै पक्षका नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। त्यसमा पनि संस्थापन इतर समूहको उक्त गोप्य भेलाले दुई अध्यक्षबीचको सम्बन्ध झन् चिसिएको ओलीनिकट नेताहरूको बुझाइ छ।

    बुधबार अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएपछि त्यसअघि नै तय भएको दुई अध्यक्षबीचको भेट स्थगित भएको थियो। पछिल्ला केही दिनयता अध्यक्षद्वयले एक एक जना साक्षी राखेर छलफल गर्दै आएका थिए।

    पार्टीभित्र संकट गहिरिएपछि र विभाजनकै खतरा बढेपछि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बिहीबार बिहानै कार्यकारी अध्यक्ष दाहालसँग छलफल गर्न खुमलटार पुगेका थिए।

    नेम्वाङले अध्यक्ष दाहालले बोलाएपछि आफू खुमलटार गएको बताएका छन्। ‘उहाँले (दाहाल) बोलाएपछि म गएको हो,’ नेम्वाङले भने,मैले दुई अध्यक्षबीच सहमति गरेर जानुको विकल्प छैन भने, उहाँले पनि मिलेरै जाने बताउनु भयो।’

    जारी स्थायी कमिटी बैठकले निकास दिन नसकेको भन्दै अध्यक्ष दाहालले केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने बताउँदै आएका छन् भने अर्का अध्यक्ष ओलीले यसअघि बसेको केन्द्रीय कमिटीले बैठकले आगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेकाले सबै विषयको छिनोफोना महाधिवेशनले गर्ने भन्दै महाधिवेशनमा जानुपर्ने अडानमा छन्।

    सचिवालयमा स्पष्ट बहुमतमा रहेका प्रधानमन्त्री ओली संसदीय दलमा पनि बलियो अवस्थामा रहेपछि दाहाल समूह दबावमा परेको छ।

    दाहालले माधव नेपाल पक्षलाई बोकेर हिँडेको र पूर्व माओवादीका वरिष्ठ नेतालाई साथ लिन नसकेको भन्दै विगतमा दाहाललाई साथ दिँदै आएका निकट नेताहरुले समेत साथ छोडेपछि दाहाल दबावमा परेका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij