आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जमिन खनेर एकैपटकमा निकाले ३ करोड मूल्यको सुन

  • प्रकाशित मिति : शुक्रबार, भदौ ५, २०७७



  • काठमाडौं। दक्षिणी अस्ट्रेलियामा जमिन उत्खनन गर्ने एक जोडीले सुनका २ डल्ला जमिनभित्र फेला पारेका छन् । यी दुई डल्लाको मूल्य अढाइ लाख अमेरिकी डलर (३ करोड नेपाली रुपैयाँ) बताइएको छ । ब्रेन्ट शेनन र एथन वेस्टले सुनका यी डल्ला भिक्टोरिया राज्यको टार्नागुल्ला शहरनजिकै जमिन खनेर भेट्टाएका हुन् । उनीहरुको यो खोजलाई चर्चित टिभ शो ‘अस्ट्रेलियन गोल्ड हन्टर्स’मा देखाइएको थियो । यो कार्यक्रम बिहीबार प्रसारण भयो ।

    यो जोडीले मेटल डिटेक्टरको प्रयोग गरेर सुन पत्ता लगाएका हुन् । सुन भएको जानकारी पाएपछि उनीहरुले त्यहाँ उत्खनन गरेर सुन निकालेका थिए । सुन निकालेको पूरै प्रक्रियालाई टिभीमा देखाइएको थियो । सीएनएनसँग कुरा गर्दै एथन वेष्टले भने ‘यो निश्चित रुपले हाम्रा महत्वपूर्ण खोजहरुमध्ये एक हो । एकै दिन यति ठूला २ डल्ला खोज्नु साँच्चै आश्चर्यजनक छ ।’

    यो कार्यक्रम प्रसारण गर्ने डिस्कभरी च्यानलका अनुसार एथन वेस्ट र उनका पिताले मिलेर केही घण्टामै सुनका यी डल्ला खोजेर निकाले जसको तौल करिब साढे ३ किलो छ । यो टिभी शोमा अस्ट्रेलियाको सुदूर क्षेत्रमा सुनको खोजी गर्ने जोडीहरुको काम दर्शकहरुलाई देखाइन्छ । कार्यक्रममा खोजकर्ताले जमिनमा दबिएको सुनको कसरी खोजी गर्छन् भन्ने देखाइन्छ ।

    अस्ट्रेलियाको टिभी शो सनराइजसँग कुरा गर्दै बैन्ट शेननले भने ‘हामी एक मौका लिएर हेर्न चाहन्थ्यौं । त्यो केपल खाली मैदान थियो । जसको अर्थ यो पनि थियो कि त्यहाँ पहिले कहिल्यै उत्खनन भएको थिएन । एथन वेस्टका अनुसार चार वर्षमा उत्खनन गर्दा उनीहरुले सुनका शायद हजारौं टुक्रा भेट्टाएका छन् ।

    डिस्कभरी च्यानलले यो पनि भनेको छ कि सुनको खोजी गर्नेहरुले आफ्नो अनुमानित मूल्यको तुलनामा सुनको डल्लाको लागि ३० प्रतिशतसम्म अधिक भुक्तानी गर्न सक्छन् । २०१९ मा एक अस्ट्रेलियाली व्यक्तिले मेटल डिटेक्टरको उपयोग गर्दै १.४ किलो सुन निकालेका थिए । यसको अनुमानित मूल्य ६९ हजार अमेरिकी डलरभन्दा बढी थियो ।

    अस्ट्रेलियामा सुनको उत्खनन १८५० को दशकमा सुरु भएको थियो र आज पनि यो देशको एक महत्वपूर्ण उद्योग हो । एक स्थानीय वेबसाइटका अनुसार टार्नागुल्लाशहरको स्थापना पनि भिक्टोरिया गोल्ड रशको क्रममा भएको थियो र यही कारण यो एक धनी शहर हो जहाँ धेरै खोजकर्ता आफ्नो भाग्यको परीक्षण गर्न पुग्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij