आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको नेविसंघको आरोप

  • प्रकाशित मिति : शनिबार, भदौ १३, २०७७



  • काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय विद्यार्थीप्रति जिम्मेवार नबनेको आरोप लगाएको छ ।

    कोरोना महामारीको संकटको अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्दै खोज, अध्ययन र अनुसन्धान मार्फत बिश्वका अन्य बवश्वबिद्यालय सरह नयाँनयाँ तथ्यसँगै यसको निराकरणका उपायहरु पत्ता लागाउनुपर्ने समयमा उल्टै बवद्यार्थीहरुको भबिष्य अन्धकार बनाउने काम गरेको संघको आरोप छ ।

    संघका महामन्त्री बलदेव तिमल्सिनाले शनिबार एक विज्ञप्ति जारी गर्दै विश्व विद्यालयका बर्तमान पदाधिकारीको अर्कमणयताले विद्यार्थीमा पारेको मानसिक पीडा कोरोनाको कहर भन्दा ठूलो छ, भनेका छन् ।

    त्रिविले सधैं तयारी गर्दैछौं भन्ने रेडीमेड जवाफ दिएको र बिश्व विद्यालयका पदाधिकारीबाट थप बिकृति र बिसंगति ल्याउने काम बाहेक केही गर्न नसकेको तिमल्सिनाको आरोप छ ।

    परीक्षाको लागि सूचना सम्प्रेषण मात्र गरेको,अनलाइन कक्षा संचालन गर्न नसकेको, बैकल्पिक माध्यमबाट पनि परीक्षा संचालन गर्न नसकेको संघको आरोप छ ।

    संघले बिश्वबिद्यालयलाई जोगाउंदै शैक्षिक, प्राज्ञिक मर्यादित वातावरण निर्माणका निम्ति हस्तक्षपकारी भुमिकासहित बिश्वबिद्यालयको संरक्षणका निम्ति अपील गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij