आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोभिड–१९ बाहेकका बिरामीको उपचारमा ध्यान दिन कांग्रेसको आग्रह

  • प्रकाशित मिति : सोमवार, भदौ २२, २०७७



  • काठमाडौं, भदौ २२ । नेपाली कांग्रेसले कोभिड–१९ को कारण अन्य बिरामी पनि गम्भीररुपले प्रताडित भइरहेको उल्लेख गर्दै भेन्टिलेटर नपाएर, अस्पताल खोज्दा-खोज्दै र संक्रमण आशंकामा उपचार नपाएर मृत्यु भएका घटना पटक-पटक दोहोरिएकोप्रति सरकारले ध्यान दिनुपर्ने जनाएको छ ।

    यस्तो स्थिति दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसले त्यस्ता सम्पूर्ण घटनाको वास्तविक तथ्य संकलन गर्ने निर्णय गरेको छ ।

    पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको ‘जुम’ प्रविधिबाट यही भदौ २० र २१ गते बसेको बैठकले कोरोना महामारीका कारण बढ्दो मृत्युु र फैलँदो संक्रमण दृष्टिगत गरेर उच्चस्तरीय सुरक्षा सतर्कताका लागि सबैमा अपिल गर्दै विविध माध्यमबाट सचेतनाको सूचना सम्प्रेषण गर्ने निर्णय गरेको छ ।

    विभागीय प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अध्यक्षतामा भएको बैठकले तीनै तहका सरकारलाई नवीन र ऐक्यबद्ध रणनीतिका साथ कोरोना संक्रमणविरुद्ध युद्धस्तरमा कार्य गर्न अपिल गर्दै समुदायस्तरमा संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा ‘एक घर एक परीक्षण’ गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    ‘आइसोलेसन’ विस्तार गर्दै अत्यावश्यक भेन्टिलेटर तत्काल खरिद गरेर कोभिड अस्पतालको भरपर्दो सुनिश्चितता गर्न गराउन बैठकले सरकारसमक्ष माग गरेको विभागका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।

    अभावकाबीच कोरोना संक्रमणसँग ‘फ्रन्टलाइन’मा रहेर सहयोग गरिरहेका देशभरका स्वास्थकर्मीप्रति बैठकले उच्च सम्मान प्रकट गरेको छ ।

    उच्च मानवीय भावनाले कार्य गरिरहेका स्वास्थकर्मीको मनोबललाई असर पुग्ने गरी कहीँपनि कुनै ढंगको गतिविधि हुन नदिन सबैमा बैठकले अपिल गरेको उहाँले बताउनुभयो ।

    बैठकले अदालतको आदेश र श्रमिकको पीडा आत्मसात् गरेर विदेशमा अप्ठ्यारामा परेका नेपालीलाई निःशुल्क उद्वारको प्रक्रिया अघि बढाउन सरकारसमक्ष माग गरेको छ ।

    राजधानीलगायत मुलुकका आधा भू-भागमा निषेधाज्ञा र ‘लकडाउन’का कारण नागरिक जीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै बैठकले स्थानीय तहमार्फत् व्यवस्थित ढंगले राहत वितरण गर्ने गरी व्यावहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपिल गरेको छ ।

    बैठकले कोरोना महामारीका कारण चुनौती व्यहोरिरहेका सञ्चारमाध्यमलाई संरक्षण गर्न र त्यसमा कार्यरत् देशभरका पत्रकार कसैलाई पनि बेरोजगार बन्न नदिने दायित्व निर्वाह गर्न सरकारसँग माग गरेको छ ।

    यसैगरी, बैठकले फ्रन्टलाइनमा कार्य गरिरहेका पत्रकारको परीक्षण, सुरक्षा व्यवस्थापन र उपचारमा विशेष निर्णयका साथ कार्य गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

    सरकारले निजी अस्पताललाईसमेत ‘पीसीआर’ परीक्षणको अनुमति दिइसकेको अवस्थामा कोरोनाको बिमा गरेका नागरिकलाई रकम भुक्तानी दिन निश्चित आशंकाकै कारण रोक्नु गलत रहेको ठहर गर्दै बैठकले यसलाई सरलीकरण गरेर कोरोना बीमितलाई भुक्तानी दिलाउन माग गरेको छ ।

    बैठकले कृषि उत्पादनमा विशेष जोड दिनैपर्ने विद्यमान परिस्थितिमा कृषि उत्पादनका लागि कृषकको हितकेन्द्रित विशेष परियोजना निर्माण र लागू गर्न सरकारसमक्ष माग गरेको छ ।

    त्यसैगरी, कोरोनाले कष्टकर स्थितिमा पुगेका आंशिक प्राध्यापकहरुसँग अविलम्ब वार्ता गरेर समाधानमा पुग्न बैठकले त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij