प्रकाशित मिति : आइतवार, अशोज २५, २०७७
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित भएका छन्। उनले सामाजिक सञ्जालमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन्।
उनले लेखेका छन्, गत सोमबार कोरोना परीक्षाण गर्दा रोपोर्ट नेगेटिभ आएको थियो। त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ। हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो। आज शनिबार पुनः कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन्। केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु। होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?
केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीलाई कोरोना भएको यो पहिलो घटना हो। यसअघि प्रधानमन्त्रीका तीन सल्लाहाकार, प्रमुख स्वकीय सचिब र बालुवाटारमा खटिएका सुरक्षाकर्मी संक्रमित भएका थिए। सल्लाहकारहरु भने कोरोना मुक्त भइसकेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij