आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

  • प्रकाशित मिति : बुधबार, कार्तिक ५, २०७७



  • काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । मङ्गलबार पनि दोहोरो अङ्कले बढेको नेप्से आज १३.९४ बिन्दुले बढेर एक हजार ५९७.७१ मा पुगेको छ ।

    यस्तै, सेन्सेटिभ परिसूचक ३.१० ले वृद्धि भई ३१६.६५ मा पुगेको छ । कूल १९२ कम्पनीका कूल ५५ लाख नौ हजार ४४८ कित्ता शेयर रु एक अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ मूल्यमा खरिद बिक्री भए ।

    स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर भने उकालो लागेको छ । होटल १५.०३, जलविद्युत् १४..०९, वित्त ०.६, उत्पादन ६.३३ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ २१.५५, व्यापार २३.४, विकास बैंक १०.०४, निर्जीवन बीमा ६४.२८, अन्य ३.०५, लघुवित्त ३.४१, जीवन बीमा ५७.९४ र सामूहिक लगानी कोष ०.१ बिन्दुले बढेको छ ।

    स्टकका अनुसार कारोवारका आधारमा एनआइसी एशिया बैंक शीर्षस्थानमा छ । सो बैंकको रु २४ करोड २९ लाख ५७ हजार ८०७ बराबरको कारोवार भएको छ । यस्तै कुमारी बैंक रु आठ करोड ३९ लाख ३० हजार ३४७, नेपाल बैंक रु सात करोड ४३ लाख ९७ हजार ६१०, हिमाल दोलखा हाइड्रोपावर रु छ करोड ६३ लाख ६९ हजार, ग्लोबल आइएमई बैंक रु चार करोड ५३ लाख ३५ हजार ४७२ र एनएमबी बैंक रु चार करोड १० लाख १४ हजार ८७१ बराबरको कारोवार भई शीर्षस्थानमा पुगेको छ ।

    कारोवारका आधारमा आज जनरल इन्स्योरेन्स कम्पनी ९.८४, नेपाल हाइड्रो डेभलपर ४.४९, साङ्ग्रिला डेभलपमेन्ट बैंक ४.४०, एनआइसी एशिया बैंक ४.१३, कुमारी बैंक ३.९४ र साल्ट टे«डिङ कर्पोरेशनका लगानीकर्ताले २.७४ प्रतिशतले कमाए । त्यस्तै नेपाल फाइनान्स कम्पनी ५.०५, खानीखोला हाइड्रोपावर ४.७२, आँखुखोला हाइड्रोपावर ४.७२, पञ्चकन्या माई हाइड्रोपावर ४.५२, नेशनल हाइड्रोपावर ४.२४ र छुयाङदी हाइड्रोपावरका लगानीकर्ताले ४.१२ प्रतिशतले गुमाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij