शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

चीनमा नुडल्स खाँदा एकै परिवारका ९ जनाको मृत्यु, नमिठो मानेर नखाएका ३ जना बचे

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ११, २०७७



  • काठमाडौं। नुडल्सले एकै परिवारका ९ जनाको ज्यान लिएको छ । स्वाद अनौठो मानेर मन नपरेपछि नखाएका परिवारका अन्य ३ सदस्य भने बचेका छन् । चीनको यो परिवारका ९ सदस्यको मृत्यु फूड प्वाइजनिङका कारण भएको बताइएको छ । बताइएअनुसार उनीहरुले फ्रिजमा करिब १ वर्षदेखि राखिएको नुडल्स खाएका थिए । खाएपछि उनीहरु बिरामी भएका थिए । फ्रिजमा लामो समयसम्म राखिएको नुडल्सबाट परिवारले नुडल सुप बनाएका थिए ।

    डेलीमेलका अनुसार सुप खाएको केही समयपछि नै उनीहरु बिरामी भएका थिए । रिपोर्टअनुसार उनीहरु कूल १२ जना जम्मा भएका थिए । तर, अन्य ३ जनाले यो सुपको स्वाद अनौठो लागेपछि मन नपरेर खाएका थिएनन् । उनीहरुले नुडल्स ५ अक्टोबरमा खाएका थिए । त्यसपछि १० अक्टोबरसम्म ७ जनालाई मृत घोषित गरिसकिएको थियो । आठौं व्यक्तिको मृत्यु २ दिनपछि १२ अक्टोबरमा भएको थियो ।

    अन्तिम बिरामीको मृत्यु यही सोमबार भयो । पीडित परिवार उत्तर पूर्वी चीनको हेलोंगजिआन प्रान्तमा बस्थे । घटनापछि चीनको स्वास्थ्य आयोगले राष्ट्रिय चेतावनी जारी गर्दै नागरिकहरुलाई फर्मेन्टेड पिठोबाट बनेको खाना नखान सल्लाह दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij