मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

मणिपुरमा फेरि हिंसा भड्कियो, चुराचांदपुर जिल्लामा भारी गोलीबारी

  • प्रकाशित मिति : बिहिबार, साउन ११, २०८०



  • काठमाडौं । मणिपुरमा हिंसा फेरि भड्किएको छ । अहिले चुराचांदपुर जिल्लामा हिंसा भड्किएको छ । जानकारी अनुसार यहाँ थोरबुङ क्षेत्रमा भीषण गोलीबारी भइरहेको छ । यस गोलीबारीमा कति हताहती भयो भन्ने अहिले नै थाहा हुन सकेको छैन । थोरबुङ क्षेत्र सबैभन्दा संवेदनशील छ ।

    मणिपुरमा मे ३ मा कुकी समुदायले निकालेको ‘आदिवासी एकता मार्च’ मा हिंसा भड्किएको थियो । यसै क्रममा कुकी र मेइती समुदायबीच झडप भएको थियो । त्यसयता त्यहाँको अवस्था तनावपूर्ण रहेको छ ।

    हिंसामा हालसम्म १६० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । मेइतीहरू मणिपुरको जनसंख्याको लगभग ५३ प्रतिशत छन् र तिनीहरू प्रायः इम्फाल उपत्यकामा बस्छन्, जबकि नागा र कुकीहरूसहित ४० प्रतिशत आदिवासीहरू प्रायः पहाडी जिल्लाहरूमा बस्छन्।

    प्रधानमन्त्रीलाई लेखेको पत्रमा मणिपुरका नौ कुकी जनजातिहरूको प्रतिनिधित्व गर्ने जोमी काउन्सिल स्टीयरिंग कमिटीले देशको यस संवेदनशील र रणनीतिक पूर्वी कुनामा शान्ति र सामान्य अवस्था पुनर्स्थापना गर्न प्रधानमन्त्रीको तत्काल हस्तक्षेपको आवश्यकता रहेको बताएको छ ।

    पत्रमा राज्यमा संवैधानिक व्यवस्था र कानूनको व्यवस्था हुन नसक्दासम्म संविधानको धारा ३५६ (राष्ट्रपति शासन) तत्काल लागू गर्न आवश्यक भएको उल्लेख गरिएको छ । जेडसीएससीले राज्यभरि सुरक्षा बलहरूबाट ५ हजार भन्दा बढी अत्याधुनिक हतियार र लाखौं गोला बारुद लुटिएको दाबी गरेको छ। यस्तो अवस्थामा शान्ति सुरक्षा कायम गर्न उपत्यकाका सबै जिल्लामा पुनः सशस्त्र बल (विशेष अधिकार) ऐन लागू गरि सेनाले पूर्ण नियन्त्रण लिन माग गरिएको छ ।

    प्रधानमन्त्रीलाई लेखेको पत्रमा समितिले कुकी–जोमी आदिवासीमाथि दशकौंदेखि अन्याय, संस्थागत उपेक्षा र भेदभाव भइरहेको पनि आरोप लगाएको छ । पत्रमा सारा विश्वको चेतना जगाउने भाइरल भिडियो क्लिप मणिपुरको वर्तमान संघर्षको एउटा उदाहरण मात्र भएको भनिएको छ । उक्त पत्रमा दुई कुकी महिलासँग भएको क्रूरताको भिडियोको उल्लेख छ । यो घटना मे ४ मा भएको थियो र जुलाई १९ मा भाइरल भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.