आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपा कार्यकर्ताको हत्याः वीरगन्जमा निरन्तर प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • प्रकाशित मिति : बुधबार, कार्तिक १२, २०७७



  • कात्तिक १२ । पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साले बुधबार पनि वीरगन्जमा प्रदर्शन गरेको छ ।

    बुधबार छैटौं दिन पनि चौरसियाका परिवार र नेकपा पर्साले प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।

    नगर परिक्रमापछि प्रदर्शनकारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष जाहेरी दर्ताको माग गर्दै ज्ञापनपत्र पठाएका छन् ।

    पाँचबुँदे ज्ञापनपत्रमा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मृतकलाई सहिद घोषणा गर्नुपर्नेलगायतका माग राखिएको छ ।

    घटनामा संलग्न व्यक्तिहरुलाई प्रधानमन्त्रीले बचाउन खोजेको आरोप लगाउँदै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेकपाका नेता तथा कार्यकर्ताहरुले घटनाका ‘मुख्य योजनाकार’ पूर्वसांसद राजकुमार गुप्तासहित १२ जना संग्लन व्यक्तिको जाहेरी दर्ता गर्न माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन् ।

    गुप्ताको नाम हटाएमात्र मुद्दाको जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्थले अडान लिएको उनीहरुको आरोप छ ।

    चौरसियाको शव अहिलेपनि ‘पोस्टमार्टम’का लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ ।

    गएको बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नवगठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij