आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीकै कारण पार्टी फुट्नेभयो , प्रचण्डको गल्ती छैन- माधव नेपाल

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २०, २०७७



  • १८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल नेता प्रदीप नेपाललाई भेट्न उनकै घरमा पुगेका छन् ।

    नेता नेपाल सोमबार साँझ गोठाटारमा पुगेका थिए । स्रोतका अनुसार कुनै बेला घनिष्ठ सम्बन्धमा रहेका नेताहरू माधव र प्रदीप नेपालबीच लामै संवाद भएको थियो ।

    भेटमा प्रदीप नेपालले पार्टीका वरिष्ठ नेता नेपाललाई ओलीसँग मिलेर जान सुझाव दिएका छन् ।

    एउटै सैद्धान्तिक पृष्ठभूमि र संघर्षबाट आएका नेताहरु मिलेर जानु नै उपयुक्त हुने बताएका थिए । विशेषगरी जनताको बहुदलीय जनवाद (जबज) का लागि पनि मिल्नुपर्ने भन्दै उनले त्यसको वातावरण बनाउने बताए ।

    माधव नेपालले भने समस्या आफूमा नरहेको जवाफ दिएका थिए । ‘एउटै पार्टीका नेताहरु किन नमिल्ने ? समस्या केपी ओलीमै छ’, माधव नेपालको भनाइ थियो ।

    उनले पार्टी अध्यक्ष ओलीलाई सम्झाउन समेत नेता नेपाललाई आग्रह गरेका छन् ।

    शनिबार मात्रै प्रधानमन्त्री ओलीनिकट नेताहरुले प्रदीप नेपालसँग दुई नेता (ओली-नेपाल) मिलाइ दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीका तीन सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल प्रदीप नेपालको निवास पुगेका थिए ।

    उनीहरुलाई आफू सक्दो सहयोग गर्ने बचन दिएका नेता नेपालले सोमबार माधव नेपाललाई फोन गरेका थिए । माधव नेपाल पनि जौरसिंपौवाको कार्यक्रममा रहेकाले र्फकंदा प्रदीप नेपालको निवासमा छिरेको स्रोतले बतायो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij