आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उखु किसानको पसिनाको मोल छिट्टो देउ: नेता रामचन्द्र पौड्याल

  • प्रकाशित मिति : सोमवार, मंसिर २९, २०७७



  • काठमाडौं । नेपाली कााग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले उखु किसानको माग सरकारले तुरुन्तै पूरा गर्नुपर्ने बताउनु भएको छ ।

    आफ्नो उखुको मोल चिनी उद्योगहरुबाट नपाएपछि काठमाडौंमा किसानहरुले प्रदर्शन गरिरहेकाले किसानको माग प्रति आफ्नो पूर्ण समर्थन रहेको समेत पौड्यालले बताउनुभयो ।

    सोमबार ट्विट गर्दै पौडेलले उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएकाले उनीहरुको माग छिट्टै पुरा गर्नुपर्ने बताउनुभयो ।

    मिल मालिक र सरकारमा रहेकाहरुको लापरवाहीको शिकार उखु किसानहरु बनेको समेत उहाँले आरोप लगाउनुभयो ।

    उखु किसानले सर्लाहीबाट आएर हिजोदेखि राजधानीमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले चिनी मिल मालिकबाट ९० करोड उठाउन बाँकी रहेको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij