आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन माग,-कांग्रेस

  • प्रकाशित मिति : शुक्रबार, पुस ३, २०७७



  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।

    कांग्रेस संसदीय दल कार्यसमितिको शुक्रबार बसेको बैठकले अध्यादेश फिर्ता लिन र संसदको बैठक बोलाउन माग गरेको हो ।

    बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भन्नुभयो, ‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस् ।’

    सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न सरकारलाई सचेत गराउँदै कांग्रेसले कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार विफल भएको जनाएको छ ।

    आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन नै यो अध्यादेश ल्याएको खाँडले दाबी गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij