प्रकाशित मिति : आइतवार, पुस ५, २०७७
काठमाडौं। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्ती गर्न सिफारिस गरेको छ। यस्तै राष्ट्रिय मानवअधिकार आयोगको प्रमुखमा मीनबहादुर रायमाझी सिफारिस भएका छन् । अख्तियारको आयुक्तमा जयबहादुर चन्द पनि सिफारिस भएका छन् । चन्द कांग्रेस सभापति शेरबहादुर देउवाले नाम उपलब्ध गराएका व्यक्ति हुन् ।
संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेको पाइएको हो।
सिफारिस भएका यी व्यक्तिहरुको अब संसदीय समितिमा सुनुवाइ हुने स्थिति छैन किनकि सुनुवाइका लागि अब संसद नै छैन । संसद आजै राष्ट्रपतिले विघटन गरिसकेकी छिन् । संसदीय सुनुवाइ नहुने भएपछि अब सिफारिसमा परेकाहरु नै नियुक्त हुने लगभग निश्चितजस्तै छ । संसदीय समितिमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको बहुमत थिएन। संसदीय समितिमा ४५ दिनसम्म सुनवाई नभए नियुक्ती स्वत स्वीकृत हुने प्रावधान रहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij