प्रकाशित मिति : बिहिबार, पुस ९, २०७७
काठमाडौं। सत्तारुढ दल नेकपाको ओली समूहको केन्द्रीय कमिटी प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा यसअघि तटस्थ बस्दै आएका गृहमन्त्री रामबहादुर थापा पनि सहभागी भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री थापाबीच बिहीबार करिव डेढ घण्टा बालुवाटारमा छलफल भएको थियो। उक्त छलफल पनि बादलले ओली समूहलाई साथ दिने निर्णय गरेका थिए। यसअघि उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री थापा कुनै पनि पक्षमा खुलेका थिएनन्।
उपाध्यक्ष गौतम पहिले पनि कुनै पक्षमा खुलेका छैनन्। उनी जबज पक्षधरलाई एकै ठाउँमा ल्याउने तयारीमा रहेको उनी निकट स्रोतले जनाएको छ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपा दुई समूहका विभाजित बनेको छ। पूर्व एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुले प्रचण्डलाई साथ दिएका छन् भने प्रचण्ड पक्षधरका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टलगायतले ओली समूहलाई साथ दिएका छन्।
ओली समूहको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलि ,उपप्रधानमन्त्री ईश्वर पोखरेल , गृहमन्त्री राम बहादुर थापा,अर्थमन्त्री बिष्णु पौडेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल , संचार मन्त्री पार्वत गुरुङ ,शहरी बिकास मन्त्री कृष्णगोपाल श्रेष्ठ ,महिला बालबालिका मन्त्री लिलानाथ श्रेष्ठ ,भुमिसुधार मन्त्री पद्यमा अर्याल ,भौतिक मन्त्री बसन्त नेम्वाङ , सुभाष नेम्वाङ , उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट , टोपबहादुर रायमाझी ,मणि थापा सहभागी छन्।
यसैगरी ,गण्डकी प्रदेश का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ,किरण गुरुङ , निरुदेवि पाल , बिष्णु रिमाल, गोकुल बास्कोटा, खिमराज भट्टराई ,प्रेम आले, राजन भट्टराई लगायत करिव ४५० जनाको उपस्थित रहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij