आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बागमती प्रदेश सभा माघ ७ गतेबाट, मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव सामना गर्ने

  • प्रकाशित मिति : शुक्रबार, पुस १७, २०७७



  • काठमाडौं । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको बागमती प्रदेशमा माघ ७ गते प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन सिफारिस भएको छ ।

    शुक्रबार हेटौंडामा बसेको बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखलाई प्रदेश सभाको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

    गत साउन ८ गते वर्षे अधिवेशन स्थगित भएयता प्रदेशसभाको बैठक बस्न सकेको छैन । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको असर प्रदेश सरकारमा देखा परिसकेको अवस्थामा मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बैठक बोलाउन सिफारिस गरेको हो ।

    मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाको दाहाल–नेपाल पक्षले अविश्वासको प्रस्ताव दर्ता गरिसकेको अवस्थामा प्रदेश सभा बैठक राख्न सिफारिस गरिएको हो ।

    दाहाल–नेपाल पक्षले मुख्यमन्त्री पौडेललाई संसदीय दलबाट हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेतामा चयन गरेको छ । मुख्यमन्त्री पौडेलले भने अविश्वास प्रस्ताव सामना गर्ने बताउँदै आउनुभएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij