आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काँग्रेस क्रियाशील सदस्यता केन्द्रमा बुझाउने मिति माघ मसान्तसम्म

  • प्रकाशित मिति : आइतवार, पुस १९, २०७७



  • काठमाडौं। यसअघि नेपाली काँग्रेसको क्रियाशील सदस्यता मंसिर मसान्तसम्म केन्द्रमा पठाउने भनिए पनि अर्घाखाँचीबाहेक अन्य जिल्लाबाट केन्द्रमा क्रियाशील सदस्यता नआएपछि केन्द्रमा बुझाउने नयाँ मिति तोकिएको छ।

    काँग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले नयाँ मिति तोकेको हो। अब माघ मसान्तसम्म क्रियाशील सदस्यता केन्द्रमा पठाउनुपर्ने निर्णय गरिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

    काँग्रेसको बैठकमा निर्णय गरिएको छ, ‘एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, केन्द्रबाट जारी भएको क्रियाशील सदस्यता वितरण र नवीकरण सम्बन्धी परिपत्रको सबै प्रकृया पुरा गरी, क्रियाशील सदस्यताको नामावलीको सूची क्षेत्र र जिल्लामा प्रकाशित गरी पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्क सहित बुझाउने अन्तिम मिति २०७७ माघ मसान्त तोकिएको छ।’

    आगामी फागुनमा काँग्रेसको महाधिवेशन गर्ने भनिए पनि अब फागुनमा महाधिवेशन नहुने निश्चित भएको छ। देशमा प्रतिनिधिसभा विघटनपछि नयाँ राजनीतिक परिस्थिति उत्पन्न भएपछि काँग्रेसमा महाविधेशनको विषय गौण बनेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij