आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कार्यालय जाँदैनन् प्रधानमन्त्री, दश महिनामा तीन दिन हाजिर

  • प्रकाशित मिति : बिहिबार, पुस २३, २०७७



  • काठमाडौं। बालुवाटारबाट सिंहदरबारको दूरी करिव चार किलोमिटर मात्र छ। सिंहदबार मुलुकको प्रशासनिक केन्द्र, बालुवाटार कार्यकारी प्रमुख प्रधानमन्त्रीको सरकारी निवास। मुलुक संघीयतामा गएपनि सिंहरबारको बोझ कम भएको छैन।

    सिंहदरबारको कुर्सीको लडाइँका कारण अहिले सरकारको नेतृत्व गरिरहेको दल नेकपा दुई समूहका विभाजित बनेको छ। सिंहदरबारको कुर्सीमा कार्यकारी प्रधानमन्त्रीको हैसियतमा अहिले केपी शर्मा ओली आसिन छन्।

    तर, पछिल्लो दश महिनामा प्रधानमन्त्री ओली जम्मा तीन पटक मात्रै सिंहदरबार गएका छन्। सिंहदरबाट हुने सम्पूर्ण कामकाज आजकल बालुवाटारबाटै सञ्चालन हुने गरेको छ। त्यसको कारण हो प्रधानमन्त्री ओलीको स्वास्थ्य।

    गत फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि प्रधानमन्त्री ओली हासम्म जम्मा तीन पटकमात्रै सिंहदबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा उपस्थित भएका छन्।

    पछिल्लो दश महिनामा प्रधानमन्त्री ओली जम्मा तीन पटक मात्रै सिंहदरबार गएका छन्। सिंहदरबाट हुने सम्पूर्ण कामकाज आजकल बालुवाटारबाटै सञ्चालन हुने गरेको छ। त्यसको कारण हो प्रधानमन्त्री ओलीको स्वास्थ्य। गत फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि प्रधानमन्त्री ओली हासम्म जम्मा तीन पटकमात्रै सिंहदबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा उपस्थित भएका छन्।

    ‘प्रधानमन्त्रीज्यूको दोस्रो मृगौला प्रत्यारोपरण गरेपछि अहिलेसम्म तीन पटक मात्र उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा उपस्थित हुनु भएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले डिसी नेपालसँग भन्यो, ‘दुई पटक भिडियो कन्फ्रेन्समा सहभागी हुन आउनु भएको थियो। अर्को पटक समीक्षा बैठकमा सहभागी हुनु भएको थियो। कोभिडका कारण उहाँ नियमित कार्यालय आउनुहुन्न।’

    स्वास्थ्य र कोभिडका कारण प्रधानमन्त्री ओलीले दैनिक प्रशासनिक काम पनि बालुवाटारबाटै सञ्चालन गर्ने गरेका छन्। मन्त्रिपरिषद बैठक अक्सर बालुवाटारमा नै बस्छ। पार्टी विभाजन हुने अगाडि सचिवालय, स्थायी कमिटी बैठक पनि बालुवाटारमा नै हुने गरेका थिए।

    तर अहिले प्रधानमन्त्री ओलीको दैनिकी बदलिएको छ। अहिले प्रधानमन्त्री ओलीको पार्टीका कार्यक्रममा सहभागी हुन बालुवाटार बाहिर निस्किनु, लामा भाषण गर्नु र भीडभाडमा सहाभागी हुनु दैनिकी बनेको छ।

    अझ पुस पाँच गतेदेखि यताका दिनहरुमा प्रधानमन्त्रीको सक्रियता देख्दा के लाग्छ भने मुलुक कोरोनामुक्त भइसक्यो र प्रधानमन्त्रीको स्वास्थ्य अवस्था एकदम ठिक छ। किनभने प्रतिनिधिसभा विघटन गरेपछिका दिनहरुमा प्रधानमन्त्री ओली दैनिकजसो आमसभा वा कार्यकर्ता प्रशिक्षणमा व्यस्त छन्। उनका भाषण निकै आक्रमक हुने गरेका छन्।

    प्रतिनिधिसभा विघटन गर्नु अघि प्रधानमन्त्री ओली सकेसम्म सरकारी निवास बालुवाटारबाट बाहिर निस्किँदैन थिए। दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई भीडभाडमा नजान र धेरै धपेडी हुने कार्यक्रममा सहभागी नहुने सुझाव दिएका थिए। प्रधानमन्त्री ओलीको गत फागुन २१ दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि चैत ११ गते देशभर लकडाउन घोषणा गरियो।

    मुलुकभर कोरोना भाइरस फैलिएपछि त्यसबाट बच्न पनि प्रधानमन्त्री ओली सकेसम्म बढी भीड हुने ठाउँमा र धपेडी हुने कार्यक्रममा कम जाने गर्थे। कार्यक्रममा सहभागी हुनै पर्ने भए त्यस्ता कार्यक्रम पनि प्रधानमन्त्री निवास बालुवाटारमा नै आयोजना गरिन्थ्यो।

    बालुवाटार मै पनि प्रधानमन्त्री ओलीले ठूला ठूला आमसभालाई सम्बोधन गरेका छन्। त्यसपछि प्रधानमन्त्री ओलीले बबरमहस्थित कार्की ब्वांक्वेटमा दुई वटा कार्यक्रममा सहभागी भएर लामा लामा भाषण गरे। आइतबार कार्की ब्यांक्वेटमा सहभागी भएर प्रधानमन्त्रीले लामो भाषण गरेपनि प्रधानमन्त्री कार्यालय जाने तत्काल कुनै योजना नरहेको बताइएको छ।

    ‘काममा चुस्तता र अनुशासन कायम राख्न पनि प्रधानमन्त्री दैनिक कार्यालय जानु आवश्यक हुन्छ,’ पूर्व मुख्यसचिव डा. विमल कोइरालाले डिसी नेपालसँग भने, ‘प्रधानमन्त्री दैनिक कार्यालय नगएपछि मन्त्रीहरुलाई पनि म नगए पनि हुने रहेछ भन्ने पर्छ, यसले अनुशासन भत्किन्छ।’

    प्रधानमन्त्री ओली स्वास्थ्यका कारण दैनिक कार्यालय जान नसक्ने बताएपनि दैनिक पार्टीका काममा सहभागी हुने तर कार्यालयमा उपस्थित नहुनु दुग्र्भाग्यपूर्ण रहेको पूर्वमुख्य सचिव कोइरालाको भनाइ छ। ‘मुख्य कुरा अनुशासन भत्किन्छ,’ उनले भने, ‘त्यसको असर मन्त्री र कर्मचारीमा पनि देखिन्छ। अहिले उहाँ दैनिक कार्यालय नजाँदा यसपछिका प्रधानमन्त्रीले पनि यही ट्रेण्ड चलाए भने त्यसले राम्रो सन्देश जाँदैन।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij