प्रकाशित मिति : शुक्रबार, पुस २४, २०७७
काठमाडौं। चन्द्रागिरि हिल्सलले शुक्रबार (आज) देखि सर्वसाधारणको लागि साधारण सेयर जारी गरेको छ। चन्द्रागिरि हिल्सले सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर बिक्री खुल्ला गरेको हो।
कम्पनीको निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ बिक्री खुल्ला भएको हो। पछिल्लो समय प्रभु लाइफ इन्स्योरेन्सका आवेदक मध्ये ५० प्रतिशत भन्दा धेरैले सेयर पाउन सकेका थिएनन्।
त्यसैले यो आइपीओमा १० कित्तामात्र आवेदन दिए पनि हुन्छ। आईपीओमा २८ गतेसम्म आवेदन दिन सकिने छ। अहिलेसम्म सन्चित नोक्सानमा रहेको चन्द्रागिरिले आइपीओ निष्कासनपछि भने नाफा हुने प्रक्षेपण गरेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij