आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली र प्रचण्डकै सहमतिमा दोस्रो तहका नेता पुनः एकता वा गठबन्धन बनाउने छलफलमा

  • प्रकाशित मिति : आइतवार, पुस २६, २०७७



  • काठमाडाैं। आफूलाई पार्टी एकताको पक्षमा छु भनिरहने नेकपा उपाध्यक्ष वामदेव गौतमले शनिबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ को घोषणा गरे र त्यसको संयोजक आफै भए । दुवै पक्षका नेकपा नेताहरुको बेलाबेलाका अभिव्यक्ति र गौतमको अभियान घोषणापछि चर्चा हुन थालेको छ– के फेरि नेकपाको एकता सम्भव छ ?

    नेकपाको दुवै पक्षका दोस्रो तहका नेताहरु सकेसम्म पार्टी एक बनाउनुपर्ने, चुनावमा जाने स्थिति आउँदा पनि गठबन्धन बनाएर जान सकिन्छ कि भन्ने छलफलमा छन् । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल कै इच्छा र सहमतिमा उनीहरुले छलफल अघि बढाएको ती नेताहरुको भनाइ छ । ‘यो एकदमै प्रारम्भिक चरण हो,’ एकताका लागि छलफल गरिरहेका एक नेताले भने, ‘संसद् विघटनको निर्णय सर्वोच्चबाट सदर हुने र वैशाखमै निर्वाचन हुने अवस्थामा यो सम्भावना छैन ।’

    संसद् विघटन हुनेबित्तिकै नेपाल आएर चार दिन यहाँको माहौल बुझेर गएको चिनियाँ विशेष टोलीले पनि सकेसम्म एकता र नभए पनि वाम गठबन्धन गरेर अघि बढ्न नेताहरुलाई सुझाव दिएको थियो ।

    ओली निटक स्रोतका अनुसार गौतम पार्टी एकताको अभियानमा रहेका भनिएका सदस्यहरुसहित ढिलोचाँडो ओली पक्षमै जान्छन् । ‘उहाँलाई कार्यकारी अध्यक्ष बनाऔँ भन्ने हाम्रो जोड हो तर प्रधानमन्त्रीज्यू मानिरहनुभएको छैन,’ ती स्थायी समिति सदस्यले भने, ‘धेरै सदस्य लिएर यतै आउने र कार्यकारी अध्यक्ष बन्ने सोचमा वामदेवजी हुनुहुन्छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij