सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

आर्सनल र म्यानचेस्टर युनाईटेड चौथो चरणमा प्रवेश

  • प्रकाशित मिति : आइतवार, पुस २६, २०७७



  • काठमाडौं । आर्सनल, म्यान्चेस्टर युनाईटेड, लेस्टर सिटी र एभर्टन एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।

    गएराति भएको तेस्रो चरणको खेलमा न्युक्यासल युनाइटेडलाई अतिरिक्त समयमा २–० ले हराउँदै आर्सनलले चौथो चरणमा उक्लिएको हो ।

    निर्धारित ९० मिनेटसम्म दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा आर्सनलका लागि एमिले स्मिथ रोवे र पिएर एमरिक औबामायङ्गले एक एक गोल गरेका हुन् ।

    गएराति भएको अर्को खेलमा वाट्फोर्डमाथि १–० को जित निकाल्दै म्यान्चेस्टर युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ । खेलमा म्यान्चेस्टरलाई विजयी गराउन स्कट म्याक्टोमेनीले पाँचौ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

    एफ.ए कपकै अर्को खेलमा एभर्टनले रोदरह्याम युनाईटेडलाई २–१ ले हराउँदा लेष्टर सिटीले स्टोक सिटीमाथि ४–० को जित निकाल्यो ।

    गएराति भएका तेस्रो चरणका अन्य खेलहरुमा विजयी हुँदै नरिच सिटी, नटिङ्घम फरेष्ट, शेफिल्ड युनाईटेड र फुल्हम पनि चौथो चरणमा उक्लिउका छन् । एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij