प्रकाशित मिति : बिहिबार, माघ १, २०७७
आज मिति :-२०७७/१०/०१ गते विहीबार,तदनुसार १४ जनवरी २०२१ पौष शुक्ल पक्ष प्रतिपदा तिथि विहान ०९ : २७ वजे सम्म । आजको नक्षत्र श्रवण राति ३० : १४ वजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र क्याम्पस चोक, प्रतिक्षालय देखि दक्षिण तर्फ बिजौरी,दाङ भेटने समय ः– विहान ०६—०९ः३० ९८४७८२२७११,९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिने छ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समयछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्र्रसन्न रहने छ । प्रेममा सफल हुने योगछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij