आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल–भारत सँयुक्त आयोग बैठकः के-के भयो कुरा ?

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • काठमाडौं। नक्सा विवादपछि नेपाल र भारतबीच रोकिएको राजनीतिक तहको वार्ता दुई देशबीचको सँयुक्त आयोगको बैठकका रुपमा शुक्रबार शुरु भयो। शुक्रबार सम्पन्न नेपाल–भारत सँयुक्त आयोगको छैटौं बैठक भारतको नयाँ दिल्लीमा भयो।

    नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले बैठकको सँयुक्त अध्यक्षता गरे। गत वर्ष भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा प्रकाशित गरेपछि नेपालले पनि ती आफ्ना भूमि समेटेर नक्सा संसदबाटै अनुमोदन गरेको थियो। त्यसपछि भारतले नेपालसँग राजनीतिक तहमा वार्ता गर्न आनाकानी गर्दै आएको थियो।

    तर, शुक्रबारको बैठकले दुईदेशबीचको सम्बन्धमा आपसी विश्वास बढाएको छ। र दुबै देश आपसी सम्बन्ध सुदृढ गर्न सहमत भएका छन्। यो सँयुक्त बैठकपछि दुई देशका परराष्ट्र मन्त्रालयले जारी गरेका विज्ञप्तिले भने केही कन्फ्युज बनाएको छ।

    नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सँयुक्त आयोगको बैठकमा सीमा समस्याबारे पनि छलफल भएको उल्लेख छ। तर, भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सीमाको विषय कतै पनि उल्लेख गरिएको छैन। यतिमात्र नेपालले जारी गरेको विज्ञप्तिमा कोरोनाविरुद्धको खोपका विषयसमेत छलफल भएको बताएको छ। तर, उता यो विषयमा उल्लेख छैन। बरु दुबै विज्ञप्तिमा नेपालले कोरोना महामारीका बेला भारतले गरेको सहयोगका लागि धन्यावाद दिएको उल्लेख छ।

    र दुबै विज्ञप्तिमा क्रस बोर्डर रेल वे, सीमा चेक प्वाइन्ट बनाउने विषयमा सहमित भएको उल्लेख छ। भारतले जारी गरेको विज्ञप्तिअनुसार नेपालगञ्जमा र भैरहवामा सीमा चेक प्वाइन्ट बनाउने सहमति जुटेको छ।

    उता भारतले जारी गरेको विज्ञप्तिमा नेपालले सँयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि भारतको समर्थन गर्ने जनाएको उल्लेख छ। र नेपालले भारतले स्थायी सदस्यता पाए शक्ति सन्तुलन हुने बताएको उल्लेछ। तर नेपालको विज्ञप्तिमा भने यो विषय उल्लेख र्छैन।

    परराष्ट्रमन्त्री ज्ञवाली सँयुक्त आयोगको बैठकका लागि बिहीबार तीन दिवसीय भ्रमणका लागि भारत गएका थिए। शुक्रबार सँयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले थिंक ट्यांकले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरेका थिए।

    नेपालकाे विज्ञप्ति

    भारतकाे विज्ञप्ति

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij