आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिगमन सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : शेखर कोइराला

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदम सच्याउन सबै एक भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिवार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारणसभामा नेता कोइरालाले प्रतिगमन विरुद्धको आन्दोलनमा काँग्रेस लाग्नुपर्नेमा जोड दिए ।

    उनले भने, ‘प्रचण्ड र माधवसँग बदला लिन र बैशाखमा चुनाव गराउन यो प्रतिगमन भएकै होइन, यसमा गहिरो षडयन्त्र छ, यसैले सच्याउन सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’

    डा. कोइरालाले प्रतिगमनले संघीयता र गणतन्त्रलाई खतरामा पारेकोले अब काँग्रेसले अदालतको फैसलालाई नपर्खेर सबैलाई साथमा लिएर आन्दोलनमा जान ढिलाई गर्न नहुने बताए ।

    नेता कोइरालाले काँग्रेस लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्ध भएकोले चुनावबाट नभाग्ने र अदालतको फैसललाई मान्न तयार रहेको बताए । तर अदालतको बहानमा प्रतिगमन विरोधी आन्दोलनलाई कमजोर बनाउन नहुनेमा उनको जाड थियो ।

    नेता कोइरालाले भने, ‘मुख्य प्रतिपक्षी दल भएर हामीले पनि खेल्नुपर्ने जति भूमिका सशक्त ढंगले निभाउन सकेका छैनौँ । तर अब सबै एक भएर अगाडि बढनैपर्छ ।’

    प्रधानमन्त्री ओलीले असंबैधानिक कदम चालेर प्रतिनिधि सभा विघटन गराउने कार्यमा नेकपा प्रचण्ड–माधव समुहसँगै नेपाली काँग्रेसको नेतृत्व पनि दोषी रहेको उनले भनाइ थियो ।

    उनले भने, ‘शेरबहादुरजी र ओलीजी जस्तै व्यक्त्तिगत स्वार्थमा लोभिनुभयो । यसैले सुरुदेखि नै खेल्नुपर्ने जति भुमिका काँग्रेसले खेल्न सकेन, हुनुपर्ने जति आन्दोलन पनि भएन, काँग्रेस अलमलमा परिरह्यो ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij