आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने अर्थमन्त्रीको प्रतिबद्धता

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले विश्व स्वास्थ्य संगठनलगायतका अन्र्तराष्ट्रिय स्वास्थ्य संस्थाहरूले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रूपमा सम्पूर्ण नेपालीलाई कोरोनाको खोप निःशुल्क रूपमा उपलब्ध गराउने बताउनुभएको छ ।

    शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा बोल्दै उहाँले कोरोना खोप आयातको लागि आवश्यक बजेटको प्रबन्ध गरिसकेको बताउनुभयो । मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेटको प्रबन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तर्राष्ट्रिय दातृ निकायहरूले स्वेच्छिक रूपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको बताउनुभयो । साथै उहाँले देशभित्रका कुनै नागरिक तथा संघसस्थासँग सहयोग लिने अथवा सहयोगको अपिल नगरिएको स्पष्ट पार्नुभयो ।

    मन्त्री पौडेलले मुलुक प्रतिनिधि सभाको निर्वाचनमा जाने विश्वास समेत व्यक्त गर्नुभयो । मन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने अन्तिममा सार्वभौमसत्ता सम्पन्न शक्ति भएकाले जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय गरेको बताउनुभयो । मन्त्री पौडेलले संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रवन्ध गरेको भन्दै यो विषय अदालतमा विचाराधीन भएकाले सर्वोच्चको फैसलालाई सहर्ष स्वीकार गर्ने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij