आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधामन्त्रीलाई विशेषाधिकार छ– सुवास नेम्वाङ

  • प्रकाशित मिति : शनिबार, माघ ३, २०७७



  • काठमाडौं । नेकपाका ओलीपक्षीय नेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विशेषाधिकार भएको बताउनुभएको छ । शनिबार प्रदेश १ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अहिले प्रसङ्ग फरक भएकाले प्रधानमन्त्रीलाई विशेषाधिकार भएको बताउनुभएको हो ।

    प्रधानमन्त्रीले कामै गर्न नपाएपछि प्रतिनिधिसभा विघटन गरेको नेता नेम्वाङको भनाइ छ । उहाँले भन्नुभयो, ‘संविधानमा यो देशको राज्य प्रणाली संसदीय शासन प्रणाली हुन्छ भनेर लेखेको छ, संसदीय प्रणाली भनेको के हो प्रधानमन्त्रीको लिखित जवाफमा पनि उल्लेख गरिएको छ ।’

    उहाँले भन्नुभएको छ, ‘संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार पनि हुन्छ । त्यसलाई संविधानले निषेध गरेको छैन ।’ उहाँले डेढ वर्ष अघिको भिडियो भाइरल भएको प्रसङ्ग कोट्याउँदै अहिलेको प्रसङ्ग फरक भएको बताउनुभएको हो ।

    दुई तिहाइ बहुमत भन्ने तर सिन्को भाच्न नदिएका कारण प्रधानमन्त्रीले संसद विघटन गरेको नेम्वाङको भनाइ छ । प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि जनताको बीचमा जाने निर्णय गर्नुभएकाले अब जनताले जनतामा जानेलाई छान्ने कि जनतामा नजाउँ भन्नेलाई छान्ने भन्नेबारेमा सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij