आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रतिनिधि सभा विघटनसम्बन्धी रिट : जोड ‘धारा ७६ मा’

  • प्रकाशित मिति : बुधबार, माघ ७, २०७७



  • काठमाडाैं। प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच कानुन व्यवसायीले निवेदकको पक्षबाट बहस गरेका छन् । बहस गर्नेमध्ये वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीको बहस बुधबार पनि निरन्तर हुनेछ । समय व्यवस्थापन नहुँदा विषय प्रवेश बहस निकै सुस्त छ ।

    बहसका क्रममा निवेदक पक्षले प्रतिनिधि सभा विघटनको विशेषाधिकार संविधानले प्रधानमन्त्रीलाई नदिएको बताइरहेका छन् । विघटन संविधानविपरीत र लोकतान्त्रिक पद्दतिविपरीत भएको जिकिर कानुन व्यवसायीको छ ।

    संविधानले सरकार बन्ने विकल्प रहेसम्म प्रतिनिधि सभा विघटनको परिकल्पना नगरेको दाबी छ । कतिपय कानुन व्यवसायीको बहस भने विषय केन्द्रित नभएको भन्दै इजलासबाट अङ्कुश लागिरहेको छ । इजलासले मुख्यतः संविधानको धारा ७६ को पूर्ण व्याख्यामा कानुन व्यवसायीको राय माग गरिरहेको छ ।

    धारा ७६ बारे राय माग्ने क्रममा इजलासले उपधारा १ र ७ को व्यवस्थामा सबैभन्दा बढी स्पष्टता खोजेको छ । संवैधानिक प्रावधानअनुसार उपधारा १ राष्ट्रपतिबाट प्रतिनिधि सभामा बहुमतप्राप्त दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री चयनसम्बन्धी व्यवस्था छ ।

    उपधारा ७ मा प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्ने विश्वाससहित चयन भएको प्रधानमन्त्रीले समेत मत पाउन नसके प्रतिनिधि सभा विघटन गर्न सक्ने व्यवस्था छ । इजलासले उपधारा १ र ७ मा सबैभन्दा बढी प्रश्न र चासो बहसकर्तासँग गरिरहेको छ ।

    बहसको पहिलो दिनदेखि नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र इजलासमा संलग्न सबै न्यायाधीशको चासो धारा ७६ मा छ । सँगसँगै धारा ८५ को व्यवस्थालाई पनि जोडिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij