आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समूहमा

  • प्रकाशित मिति : आइतवार, माघ ११, २०७७



  • काठमाडौं। तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ। पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा समाहित भई आफूहरूको हकहितका लागि विशेष कार्यक्रम ल्याउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि प्रधानमन्त्री ओली उनीहरूको हितमा केन्द्रित कार्यक्रम ल्याउन सहमत भएका हुन्।

    शनिबार तत्कालीन माओवादीका लडाकुहरूको संगठन पूर्वजनमुक्ति सेना तथा बहिर्गमित बाल सेना संगठनका पदाधिकारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको थियो ।

    नेकपा–दाहाल नेपाल समूहका केन्द्रीय सदस्य लीलबहादुर थापासहित पूर्वलडाकु कमान्डरहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली नेतृत्वमा समाहित भएको घोषणा गरेका हुन् । पूर्वलडाकु संगठनका अध्यक्ष टुकबहादुर थापा (अर्जुन) र बहिर्गमित बाल सैनिक संगठनका लेनिन विष्टसहितका पदाधिकारीले ओली पक्षमा लागेको घोषणा गरेका थिए ।

    छलफलका क्रममा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनाका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए । ओलीले विगतमा नेतृत्वले गरेको गल्ती आफूले नगर्ने बताउँदै भने, ‘जनयुद्धको अवधिमा तपाईहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ ।

    नेतृत्वले तपाईंहरूको भावनाको दुरूपयोग ग(यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, मबाट कहिल्यै गल्ती हुनेछैन ।’ नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुनेछैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार सूर्य थापाले भने ।

    राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij