आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वोच्च इजलाशमै वकीलहरुबीच ठोसाठोस, राजपत्रबारे प्रश्न उठाउन प्रधानन्यायाधीशबाट रोक

  • प्रकाशित मिति : आइतवार, माघ ११, २०७७



  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ ।

    विघटनको पक्ष र विपक्षमा रहेका वकीलहरुले आ–आफ्नो पक्षमा तर्क पेश गरिरहेका छन् । यसक्रममा आइतबारको बहसको शुरुवातमै वकीलहरुबीच सामान्य भनाभनको स्थिति सृजना भयो ।

    उता, अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचना सरकारले रातारात राजपत्रमा प्रकाशित गराएको भन्दै आधिकारिता जाँचका लागि कानुन व्यवसायीले गरेको मागलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रोक्नुभएको छ ।

    वकीलहरुले पुस ५ गते प्रतिनिधिसभा विघटन गराइएकोमा त्यससम्बन्धि सूचना राजपत्रमा प्रकाशित नगरिएको प्रश्न उठाइएपछि त्यसको भोलिपल्ट ५ पुसकै मितिमा राजपत्र प्रकाशित गरी इजलासमा पेश गरिएको थियो ।

    त्यसैबारेमा आइतबारको इजलाश सुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रश्न उठाउँदा प्रधानन्यायाधीशले ‘तपाईंको निवेदन यहीँ राखेका छौं, अहिले यो विषय प्रवेश नगरौं’ भन्दै रोक्नु भएको हो ।

    श्रेष्ठले समय माग्न थालेपछि प्रधानन्यायाधीशले रोक्नुभयो भने सरकारी पक्षबाट महान्यायाधिवक्ता अग्नि खरेल, सुशील पन्तलगायतले श्रेष्ठलाई समय दिन नमिलने भन्दै प्रतिवाद गर्नुभएको थियो ।

    यसैबीच, आइतबारको बहस शुरु गर्दै वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीको अभिव्यक्तिबाट न्यायालयको मानहानी भएको भन्दै बेञ्चको ध्यानाकर्षण गराउादा प्रधानन्यायाधीश जबराले बजारमा निस्किएका कुराबाट न्यायालय प्रभावित नहुने बचन दोहोर्‍याउनुभयो ।

    प्रधानमन्त्रीले रिटमाथि न्यायालयमा बहस गर्न गएका कानुन व्यवसायीलाई ‘तमासा देखाउन गएको’ भन्ने टिप्पणी गरेबाट न्यायालयको मानहानी भएको अधिवक्ता त्रिपाठीको भनाइ थियो ।

    यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन’ भन्नुभएको थियो ।

    त्रिपाठीको आपत्तिमाथि प्रधानन्यायाधीश जबराले भने प्रधानमन्त्रीले मात्र नभइ पूर्वप्रधानमन्त्रीहरुले बोलेका कुराहरु पनि न्यायालयको गरिमाविपरीत रहेको पाइएको भन्दै बजारका कुराहरुबाट आफूहरु प्रभावित नहुने बताउनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij