प्रकाशित मिति : मङ्लबार, माघ १३, २०७७
काठमाडौं। कोरोनाभाइरस महामारीका कारण एक महिलालाई जागिरबाट निकालियो । तर, यसको केही समयपछि नै ती महिला ७ अर्ब रुपैयाँकी मालिक्नी बनिन् । क्यानडाको टोरन्टोमा बस्ने यी महिलाले एक लट्रीमा ६० मिलियन अमेरिकी डलर जितिन् । सबैभन्दा रोचक त के भने यी महिलाले यति धेरै धनराशी आफ्ना श्रीमानले राती सुत्दा देखेको सपनाका कारण जितेकी हुन् ।
सीएनएनको रिपोर्टअनुसार ५७ वर्षकी यी महिला डेंग प्रवतुडोमका अनुसार उनका श्रीमानले २० वर्ष पहिले एक सपना देखेकी थिइन् । सपनामा उनले लट्रीको टिकट किन्नको लागि केही खास अंकहरुको बारेमा थाहा पाए । यिनै अंकहरुका कारण महिलाले लट्रीमा यति धेरै रकम जित्न सकेकी हुन् । दुई सन्तानकी आमा डेंगले विगत २० वर्षदेखि लट्रीको टिकट किन्दै आएकी थिइन् । उनले हरेक पटक त्यही नम्बरको टिकट किन्थिन् जुन नम्बर उनका श्रीमानले सपनामा देखेका थिए ।
अन्ततः २ दशकपछि महिलाले सफलता पाइन् । क्यानडाको ओन्टारियो लट्री एण्ड गेमिङले डेंगले ६० मिलियन डलर जितेको पुष्टि गरेको छ । रोचक त के भने लट्रीमा यति धेरै रकम जितेको जानकारी महिलाले आफ्ना श्रीमानबाटै पाएकी थिइन् । उनले भनिन् ‘यति धेरै रकम जितेको थाहा पाएपछि म धेरै खुसी भएँ, खुसीले मलाई रुन पनि आइरहेको थियो ।’ डेंगलाई एक भर्चुअल कार्यक्रममा चेक दिइयो ।
डेंगले यो पैसाले घर किन्ने बताइन् । त्यसपछि बाँकी पैसाले उनले विश्व भ्रमण गर्न चाहेको बताइन् । डेंग करिब ४० वर्ष पहिले आफ्ना १४ दाजुभाइ दिदीबहिनीको साथमा लाओसबाट क्यानडा आएकी थिइन् । उनका अनुसार परिवार चलाउनको लागि उनी र उनका श्रीमानले धेरै परिश्रम गर्नुपर्थ्यो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij