आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सर्वोच्चले गर्‍यो प्रधानमन्त्री ओलीविरुद्ध अपहेलना मुद्दा दर्ता

  • प्रकाशित मिति : मङ्लबार, माघ १३, २०७७



  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरूद्ध अपहेलना मुद्दा दर्ता भएको छ । न्यायालयको अपहेलना गरेकामा कार्वाही माग गरिएको मुद्दा अदालतले दर्ता गरेको हो ।

    वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले माघ ११ गते पेश गरेको प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा दर्ता गरिएको हो ।

    प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अर्का अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरुद्ध अपहेलनाको मुद्दा पेश गर्नुभएको थियो ।

    यही माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रति गरेको ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणीको सर्वत्र आलोचना भएको छ ।

    ओलीले अदालती बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गरेकाले अदालत र इजलाशसमेतको अपहेलना भएको दावी निवेदनमा गरिएको छ ।

    अदालतको अपहेलना गर्ने प्रधानमन्त्री ओलीमाथि न्याय परिषद ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजायँ गर्न निवेदकले माग पनि गरेका छन् ।  

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij