आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओली रोडको एकतिहाई हुन्-प्रचण्ड

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • काठमाडौं। नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धनगढी पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको निकै आलोचना गरेका छन्।

    कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले ओली पहिला पनि वाम गठबन्धनको पक्षमा नभएको बताए। उनले प्रधानमन्त्री बन्ने लालचमा मात्र ओलीले वाम गठबन्धन गरेको दावी गरे।

    उनले ओलीले दुई तिहाईको प्रधानमन्त्री भए पनि हाल आफ्नै कर्मले कलंकको टिका लगाएको बताए। प्रचण्डले ओलीसँग अहिले सडकको एक तिहाईमात्र भएको भन्दै सडकको फुच्चे एकतिहाइको बधाई दिए।

    अर्कोे प्रसंगमा प्रचण्डले माधवकुमार नेपालसँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताए। उनले सशस्त्र द्वन्द्वको समयमा पनि माधवकुमार नेपालसँग अन्तरक्रिया गरेको दावी गरे।

    माधवकुमार नेपालसँगको सहकार्यबारे लामो समय खर्चेका प्रचण्ड सम्बोधनको अन्तिममा उद्योगमन्त्री लेखराज भट्टमाथि खनिए। लामो समय प्रचण्ड निकट रहेका भट्ट हाल ओलीतर्फ लागेपछि प्रचण्ड भट्टमाथि खनिएका हुन्।

    कैलालीकै नेता भट्टमाथि कैलालीमै पुगेर प्रचण्डले भट्टलाई दलालको संज्ञा दिए। उनले प्रधानमन्त्री ओली पनि दलाल भएको र भट्ट ओलीको दलाल भएको आरोप लगाए। उनले सुदूरपश्चिमवासीले भट्टलाई कुनै बेला नायक भनेको र आफूले पनि नायक मानेको भन्दै तर अहिले भट्ट दलाल बनेको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij