आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

साताको पहिलो दिन कुन राशिका लागि कति शुभ ?

  • प्रकाशित मिति : आइतवार, माघ १८, २०७७



  • मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेको छ । शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुन: जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित पेसा व्यावसायबाट मनग्य धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपाईंलाई सम्झनेछन् ।

    बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) समाज सेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाँती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्य आम्दानी हुनेछ । अध्ययन तथा अनुसन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नी बीचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) विवादित विषयहरुको निर्णय तपाईंकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा उद्योगमा लगानी गरी रोजगारका अवसर सिर्जना गर्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जाने तथा छोटो दूरीको यात्राको तय गर्न सकिनेछ । दाजुभाइ तथा छिमेकीसँग गरिने कुनै पनि पेसा व्यावसाय फस्टाएर जानेछ । पढाइमा मन जाने तथा लेखन कलाको विकाश हुनेछ ।

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । पठनपाठनमा मन जाने हुनाले स्कुल तथा कलेजमा तपाईंको नाम अग्र स्थानमा आउनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउनेछ भने नयाँ काम थालनी गर्दा भविष्यमा मनग्य धन लाभ हुनेछ । प्रेममा रमाउन चाहनेहरुले भरपूर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

    सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे) शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइलेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

    कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइलेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एकअर्कालाई अविश्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढिनुपर्दा मनमा नरमाइलो लाग्नेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुनाले पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हातलागी हुने प्रशस्त सम्भावना रहेको छ ।

    बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) गीत सङ्गीतमा विशेष रुचि बढ्नेछ भने विद्यामा तपाईं अब्बल सावित हुनुहुनेछ । शत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीति तथा समाज सेवामा जनताको गतिलो समर्थन प्राप्त हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा विद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानी हुनेछ । पतिपत्नीबीचको सम्बन्ध सुदृढ हुनुको साथै माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।

    धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) लामो दूरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्त्वपूर्ण व्याक्तिहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपाईंको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले राम्रा कामह सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ ।

    मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइलेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनीसँग सानासाना कुरामा मनमुटाव बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला आजको दिन मध्यम रहेको छ ।

    कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) इमानदारपूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्ति जोड्न सकिनेछ । व्यापार व्यावसायमा देखिएका असहज परिवेशलाई भत्काउँदै थप लगानी गरी विलाशी वस्तुहरुको उपभोग गर्न पाइनेछ । पढाइलेखाइमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुशी रहनेछन् । माया प्रेममा सामीप्यता बढेर जानेछ ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ । शत्रु परास्त हुनेछन् भने न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले खुसीले उचाइ नाघ्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij