आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नुवाकोटमा नेकपाका दुई समूहबीच झडप

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • माघ १९ । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

    झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड गरिएको छ । तोडफोडबाट गाडीको शिशा फुटेको छ ।

    नेकपा ओली समूहले सदरमुकाम विदुरमा आयोजना गरेको कार्यक्रममा सहभागि हुन उक्त समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल जाँदै गर्दा नुवाकोटको बट्टारमा दुई समूहबीच झडप भएको हो ।

    उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी कार्यक्रममा सहभागि हुन आउने थाहा पाएपछि दाहाल–नेपाल समूहका केही नेता कार्यकर्ताले कालोझण्डा देखाएका थिए ।

    कालोझण्डा देखाउने र देखाउन नदिनेबीच झडप हुँदा उप्रधानमन्त्री पोखरेल केहिबेर सडकमै रोकिनु परेको थियो । भीड पन्छाएर मन्त्रीहरु चढेको गाडी पास गराउन प्रहरीलाई केहीबेर त हम्मेहम्मे नै परेको थियो ।

    ओली समूहले नुवाकोटको बिदुरमा आज आफ्नो पक्षको सभा राखेको छ । नुवाकोटमा ओलीभन्दा दाहाल–नेपाल पक्षको संगठन बलियो रहेको दावी उक्त पक्षको छ ।

    विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुबै सांसद दाहाल–नेपाल समूहमै रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij