आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल र कतारबीच हुने टी–ट्वेन्टी श्रृंखला स्थगित

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०७७



  • काठमाडौं । नेपाल र कतारबीच हुने भनिएको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला स्थगित भएको छ ।

    कतार स्पोर्ट्स डे का अवसरमा फेब्रुअरी ९ देखि १२ तारिखसम्म हुने भनिएको श्रृंखला स्थगित गरिएको हो ।

    कोरोना भाइरसको संक्रमण बढिरहेको कतारमा त्यसको सावधानी स्वरुप श्रृंखला स्थगित भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    श्रृंखलाका लागि सोमबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गर्ने भनिएको थियो ।

    कतारले प्रतियोगिता स्थगित गरेपछि क्यानले बन्द प्रशिक्षण पनि स्थगित भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij