सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

केन्द्रीय समितिको बैठक बोलाउन वरिष्ठ नेता पौडेलको माग

  • प्रकाशित मिति : बिहिबार, माघ २२, २०७७



  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । गृह जिल्ला तनहुँमा रहेका वरिष्ठ नेता पौडेलले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको सन्दर्भमा पार्टीको स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समितिको बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेका हुन् ।

    “देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो”, उनले भने, “यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न आवश्यक छ ।” वरिष्ठ नेता पौडेल केही दिनयता तनहुँको विभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij