आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तत्काल काठमाडौं आउन पौडेललाई देउवाको आग्रह

  • प्रकाशित मिति : शुक्रबार, माघ २३, २०७७



  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे टेलिफोन संवाद भएको छ । तत्काल केन्द्रीय कार्यसमितिको बैठकमार्फत पार्टीको आधिकारिक धारणा तय गर्नेबारे देउवा र पौडेलबीच टेलिफोन वार्ता भएको हो । गृहजिल्ला तनहुँमा रहेका नेता पौडेलले विहिबार बिहान सभापति देउवालाई टेलिफोनमार्फत पछिल्लो विकसित राजनीतिक घटनाबारे छलफलका लागि तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेको जानकारी दिए ।

    देउवासँगको कुराकानीपछि नेता पौडेलले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन्। संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ती त्यसेको पछिल्लो कडि हो।’ यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक रहेको पौडेलको भनाइ छ । ‘मैले सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु’ पौडेलले लेखेका छन् ।

    यस्तै सभापति देउवाका स्वकीय सचिव भानु देउवाले दुई नेता पार्टी बैठक डाक्ने विषयमा कुराकानी भएको बताए । भानुकाअनुसार सभापति देउवाले नेता पौडेललाई तत्काल राजधानी आउन आग्रह गर्दै बसेर बैठकको तिथि, मिति र एजेन्डा तय गरिने बताएका थिए । प्रधानमन्त्री ओलीले एकपछि अर्को असंवैधानिक कदम लिएपछि नेकपा प्रचण्ड–नेपाल समूह आम हडतालसम्म उत्रिएको छ । ओली समूह पनि शक्ति प्रदर्शनमा रहेकोले मुलुक मुडभेडमा जाने खतरा बढिरहेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij