आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधानमै नलेखी संसद विघटन गरेको विश्वमै कुनै उदाहरण छ ? –प्रधानन्यायाधीश जबरा

  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७



  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानमा विघटनको अधिकार नभएर पनि प्रधानमन्त्रीले संसद विघटन गरेको विश्वको कुनै उदाहरण छन् भने पेश गर्न सरकारी वकीलसँग माग गर्नुभएको छ ।

    शुक्रबार सर्वोच्च अदालतमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको रक्षा गर्न उपस्थित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई उहाँले त्यस्तो उदाहरण दिन आग्रह गर्नुभएको हो ।

    तर रेग्मीले प्रधानन्यायाधीशको जिज्ञासाको जवाफ दिनसक्नु भएन र भन्नुभयो, ‘आफूसँग त्यस्तो उदाहरण छैन ।’ लगत्तै इजलाशमा हाँसोसमेत फैलियो ।

    संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको अधिकार हुने दलील पेश गर्दै रेग्मीले संविधानले वर्जित गरेका बाहेक कार्यकारीले सबैथोक गर्न पाउने दावी गरेपछि प्रधानन्यायाधीश जबराले संविधानमा नलेखिएको अधिकार प्रयोग गरेर विघटन गरेको उदाहरण पेश गर्न आग्रह गर्नुभएको हो ।

    जबराले सोधाई थियो, ‘हामीले धारा ७४ मा संसदीय व्यवस्था मान्यौं, तर यसमा प्रधानमन्त्रीलाई छुट्टै विघटनको अधिकार मानेनौं (रिट निवेदकको दावी) तर यस्तै संविधान भएको, प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार संविधानमा नभएको, तर संसद विघटन भएको यो दुई सय चानचुन मुलुकमा कुनै छ कि ?’

    तर सहन्यायाधिवक्ता रेग्मीको जवाफ थियो, ‘त्यस्तो त मैले भेटेको छैन ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij