आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओलीलाई काम गर्न नदिइएको सत्य हो तर, प्रतिनिधिसभा नै विघटन गर्न हुँदैनथ्योः मोहन वैद्य

  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७



  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट आन्दोलनबाट विचलित भएको बताएका छन् ।

    वैद्यले भने, ‘सुरुको अवस्थामा हाम्रो सहकार्य हुन्जेल उहाँ (प्रचण्ड) ठिकै हुनुहुन्थ्यो, पछिल्लो चरणमा आएपछि उहाँमा एउटा विचलन आएको छ। जसले गर्दा उहाँले कम्युनिष्ट राजनीति सम्पूर्ण छोडदै जानुभयो।’

    महासचिव वैद्यले नेपालका अब कम्युनिष्ट पार्टी नै नरहेको बताएका छन् । ‘पुरानो राज्यसत्ता र संसदीय व्यवस्थालाइ स्वीकारेर गइसकेपछि त्यसलाइ कसरी कम्युनिष्ट भन्ने ?’ उनले प्रश्न गरे।

    उनले प्रतिनिधिसभा विघटनले गर्दा संसदीय व्यवस्था नै असफल भएको दाबी गरेका छन्। ‘प्रतिनिधिसभा विघटनको अवस्था आफ्नै पार्टीभित्रको अन्तरकलहबाट आएको हो।’ उनले भने,‘ यसले संसदीय व्यवस्थामाथि नै प्रश्न चिन्ह उठ्ने स्थिति आयो।’

    नेकपामा अन्तरकलह आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड दुवैजनाको उत्तिकै भूमिका रहेको वैद्यको बुझाई छ। ‘ओलीजीले मलाई पार्टीभित्रैबाट काम गर्न दिइएन भन्नु्भएको छ, यो कुरा सत्य हो तर, प्रतिनिधिसभा नै विघटन गर्न हुँदैनथ्यो।’
    ओलीलाई पार्टीले नै संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बनाएको हुनाले पार्टीको निर्णय मान्नुपर्ने उनको भनाई छ।

    वर्तमान राजनीतिक घट्नामा प्रतिनिधिसभा पुनःस्थापना र मध्यावधि निर्वाचनमा आफ्नो खासै चासो नरहेको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij