आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तोकिएकै मितिमा कुनैपनि हालतमा निर्वाचन नहुने – डा. सुरेन्द्र केसी

  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७



  • काठमाडौं । राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले तोकिएकै मितिमा कुनैपनि हालतमा निर्वाचन नहुने भन्दै बरु आगामी मंसिरमा निर्वाचन हुनसक्ने स्पष्ट पारेका छन् । शनिरबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै डा. केसीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकोले यस विषयमा बाहिर टिकाटिप्पणी गर्न नहुने धारणा राखे । तर, दलका नेताहरुले भने बाहिर जथाभावी टिप्पणी गरेको उनको गुनासो छ ।

    साक्षात्कार कार्यक्रममा बोल्दै उनले मंसिरमा निर्वाचन गराउनको लागि चुनावी सरकारको नेतृत्व नागरिक समाजका अगुवाई डा. सुन्दरमणि दिक्षितलाई दिनुपर्ने पनि बताए । उनले भने,‘मेरो नेता उहाँ हो । हामी निश्पक्ष निर्वाचन गराउन सक्छौं । तर, मुलुकलाई निकास चाहियो नि । अहिलेको समयमा डा. दिक्षित उपयुक्त पात्र हो । मुलुकलाई अनिर्णयको बन्दी बनाउन पाईँदैन् । अदालतको निर्णय चाँडो हुनुपर्छ । सबैले यो निर्णय मान्नुपर्छ ।’

    उनले जसको कारण संसद विघटन भएको हो आज उनीहरुले नै अदालत र निर्वाचन आयोगलाई धम्की दिईरहेको भन्दै नेकपाको दाहाल–नेपाल समूहप्रति आक्रोश पोखे । उनले भने,‘दलका नेताहरु आज निर्वाचन आयोग पुगेर चुनाव चिन्ह हामीलाई दिईनस भने ठिक हुँदैन् भनेर धम्की दिईरहेका छन्। यो गलत हो ।’ उनले मुलुक नियन्त्रण र सन्तुलनको सिद्धान्तमार्फत चल्नुपर्नेमा त्यसो नभएको पनि गुनासो पोखे ।

    उनले अहिलेको विवाद उत्पन्न हुनुमा सबैभन्दा बढि दोष संविधानको भएको भन्दै संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने थियो भन्दै नेकपामा दुई अध्यक्ष भएकोमा व्यंग्यात्मक टिप्पणी गरे । उनले भने,‘संविधान सबभन्दा ठूलो त्रुटी हो । यिनीहरुले संविधान संशोधन गरेर दुई जना प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्दथ्यो । एकजनाले आन्तरिक गृह चलाउने र अर्कोले विदेश हेर्ने गर्नुपर्दथ्यो । यिनीहरुले पार्टीमा त दुई जना अध्यक्ष बनाए । तर, दुई जना प्रधानमन्त्री हुने व्यवस्था गरेको भए अहिले लडाईँ नै हुँदैनथियो ।’

    उनले सत्तारूढ नेकपाको विवादको चुरो नै पदीय भागबण्डा भएको पनि तर्क गरे । उनले नेकपाले अहिले आएर लोकतन्त्रमाथि नाँगो नाँच देखाएको पनि टिप्पणी गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वभावबारे कुरा गर्दै प्रतिशोध साँध्ने व्यक्तिको रुपमा चित्रण गरे । उनले भने,‘ओलीमा प्रतिशोधी भावना छ । उनी शक्तिको लागि जुनसुकै हदसम्म पनि जान सक्छन् ।’ उनले निर्वाचन त हुने तर त्यो निर्वाचन वैशाख १७ र वैशाख २७ गते भने नहुने दाबी गरे । उनले भने–‘निर्वाचन हुने÷नहुने हाम्रो हातमा पनि छ । निर्वाचन भए अब मंसिरमा हुन्छ । तर, वैशाखमा कुनै पनि हालतमा हुँदैन् ।’

    उनले मुलुक मध्यावधि निर्वाचनमा जानुको प्रमुख कारण प्रधानमन्त्री ओली देखिएपनि भित्री कारण प्रचण्ड नै भएको आरोप लगाए । उनले भने,‘उनीहरुबीच अढाई÷अढाई वर्ष सरकारको नेतृत्व गर्ने सहमति थियो । तर, उनीहरुले त्यो सहमति गोप्य राखे । केपी ओलीले दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गरेपछि र दश वर्ष अझै बाँच्ने भएकोले यो बबण्डर भएको हो । समस्याको जड हो ।’ उनले देशमा आफूमात्रै पद नपाई लुखुर लुखुर हिँड्ने मान्छे भएको सुनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij